विश्वका देशहरुमा कुनैमा एकदमै थोरै जनसंख्या छन् भने कुनैमा अचाक्ली धेरै । कुनै देशमा जनसंख्या वृद्धिदर धेरै सुस्त छ भने कुनै देशमा निकै तीव्र । भारतमा चाहिँ निकै तीव्रदरले जनसंख्या बढिरहेको छ । त्यसैले भारत विश्वकै धेरै जनसंख्या भएको देश हुन लागेको छ ।
यो वर्षको मध्यसम्ममा भारत अहिलेसम्ममा धेरै जनसंख्या भएको देश चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार भारतको जनसंख्या १ अर्ब ४२ करोड ८० लाख हुनेछ । यति धेरै जनसंख्या भएको देशको गौरव एक्लो भारतले मात्र गर्न सक्नेछ ।
सिङ्गो युरोप भरिको जनसंख्या हेर्ने हो भने त्यहाँ जम्माजम्मी ७४ करोड ४० लाख मात्र जनसंख्या रहेको छ । उता अमेरिकी महादेश भरिमा एक अर्ब चार करोड मात्र जनसंख्या रहेको छ । यस परिदृष्यमा भारतमा अचाक्ली जनसंख्या रहेको मान्न सकिन्छ । सन् १९६० देखि १९८० को बीचमा भारतको जनसंख्या तीव्रगतिमा बढेको देखिन्छ । अनि केवल ७० वर्षको अन्तरालमा त्यहाँ एक अर्ब जनसंख्या वृद्धि भएको छ । अर्को परिदृष्य चाहिँ यस्तो छ, भारतमा जनसंख्या अझै पनि बढिरहेको भएतापनि ४० वर्ष पहिलेको दरमा भने बढेको पाइएको छैन ।
यी तथ्यांक जे–जस्ता भए पनि भारतमा सन् २०११ देखि जनगणना भएको छैन, त्यसैले सन् २०२३ मा भारतको वास्तविक जनसंख्या कति हुनेछ भन्ने ठ्याक्कै भन्न नसकिने भए पनि अनुमानले चाहिँ भारत विश्वकै बढी जनसंख्या भएको देश हुनेमा कुनै शंंका छैन ।
संयुक्त राष्ट्रसंघले यस्तै आधारमा भविष्यवाणी गरेको हो । यद्यपि, यसअघिका जनगणनाहरूले देखाए अनुसार सन् १९५० देखि १९८० को बीचमा भारतको जनसंख्या केही तीव्र गतिमा बढेको थियो । सन् १९५१ मा भारतको जनसंख्या ३६.१ करोड मात्र रहेकोमा सन् १९८१ मा बढेर ६८.३ करोड पुगेको थियो । पछिल्लो तीन दशकमा जनसंख्या वृद्धिमा एकरूपता देखिएपनि त्यसपछि भने भारतको जनसंख्या वृद्धिको गति केही सुस्त हुन थाल्यो ।
भारतको इण्डियन इन्स्टिच्युट अफ् पपुलेशन साइन्सेजका प्राध्यापक डा. उदयशंकर मिश्रका अनुसार भारतको जनसंख्या वृद्धिदर सुस्त भए पनि अझै बढिरहेको बताउँछन् । जनसंख्याको वर्तमान वृद्धिलाई ध्यानमा राख्दै, भारतमा कम्तिमा अर्को चार दशकसम्म वृद्धि जारी रहनेछ र त्यसपछि जनसंख्या वृद्धिदर स्थिर हुनेछ ।
सन् १९५० देखि १९९० को बीचमा भारतको जनसंख्या वृद्धिदर दुई प्रतिशतभन्दा बढी थियो । भारतमा मृत्युदर वर्षौंदेखि घट्दै गएको छ । यद्यपि, जन्मदरमा आएको गिरावट भारतको जनसंख्या घट्दो दरको प्रमुख कारक हो । सन् २०२१ मा भारतको जनसंख्या वृद्धिदर ०.६८ प्रतिशतमा झरेको थियो । भारतमा अहिले धेरै मानिस लामो समयसम्म बाँचिरहेका छन् र कम बच्चा जन्माइरहेका छन्, जसका कारण वृद्धिदरको ग्राफ तल झरिरहेको छ ।
भारतको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार भारतका सबै धार्मिक समूहहरूमा प्रजनन् दर घट्दो क्रममा छ । भारतको कुल जनसंख्याको ८० प्रतिशत हिस्सा हिन्दू धर्मावलम्बीको छ र यस धार्मिक समूहमा प्रजनन् दर प्रति महिला १.९ जन्म रहेको छ । सन् १९९२ मा प्रति महिला ३.३ जन्म भएको थियो । अर्थात् सन् १९९२ देखि २०१९ को बीचमा प्रतिमहिला १.४ बच्चाको कमी आएको छ । त्यसैगरी, सन् १९९२ पछि मुस्लिम समुदायमा पनि प्रजनन् दरमा तीव्र गिरावट आएको छ । हालैका वर्षहरूमा जैन, बौद्ध, सिख, इसाई, मुस्लिम र हिन्दू समूहमा प्रतिव्यक्ति कम बालबालिका जन्मिएका छन् । तर, यसको अर्थ यो होइन कि आगामी वर्षहरूमा भारतको जनसंख्या अचानक घट्नेछ ।
रोचक परिदृष्य, यद्यपि युवा महिलाहरूमा प्रजनन् दरमा गिरावट देखिएको छ, वृद्ध महिलाहरूमा अझै पनि उच्च प्रजनन् दर छ, जसले आगामी ४० वर्षसम्म भारतको जनसंख्या वृद्धिलाई कायम राख्नेछ । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार यदि प्रजनन् दर समयसँगै घट्दै गयो भने सन् २१०० सम्ममा भारतको जनसंख्या एक अर्ब ५० करोड मात्र पुग्नेछ । भारतको हालको प्रजनन दर अमेरिका (प्रति महिला १.६ बच्चा) र चीन (प्रति महिला १.२ बच्चा) भन्दा राम्रो छ, तर यसको आफ्नै १९३२ (प्रति महिला ३.४ बच्चा) र १९५० (प्रति महिला ५.९ बच्चा)भन्दा धेरै कम छ ।
भारत एक युवा देश :
आगामी ५० वर्षसम्म यस्तै रहनेछ । किनकि, कुल जनसंख्याको ४० प्रतिशत हिस्सा २५ वर्षभन्दा कम उमेरका छन् । यद्यपि, देशको आधा जनसंख्या २५ देखि ६४ वर्षको बीचमा छ, अर्थात् जनसंख्याको औसत आयु २८ वर्ष छ । एक अनुमान अनुसार सन् २०६३ सम्ममा भारतको वृद्ध जनसंख्याको प्रतिशत २० भन्दा कम रहनेछ र यसैले भारतको जनसंख्या अझै पनि अन्य देशको तुलनामा युवा हुनेछ ।
अमेरिकामा जनसंख्याको औसत आयु ३८ वर्ष छ भने चीनमा ३९ वर्ष छ । भारतको वृद्ध जनसंख्या (६५ वर्षभन्दा माथि) निकै सानो छ, जुन कुल जनसंख्याको ७ प्रतिशत मात्र हो । तर यदि भारतको जनसंख्या वृद्धिदर यसरी नै घट्दै गयो भने वृद्ध जनसंख्या बढ्नेछ तर पनि अमेरिका, चीन र जापानको जस्तो भारतमा वृद्धवृद्धाको तीव्र वृद्धिमा कुनै समस्या छैन । चीनमा हरेक १० जनामध्ये १.४ जना ६५ वर्षभन्दा माथिका छन् भने अमेरिकामा १.८ वर्ष माथिका छन् ।
भारतको जनसंख्या घट्नेछ :
सन् २१०० सम्ममा भारतको ६५ वर्ष माथिको जनसंख्या २३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । प्रो. उदय भन्छन्– हरेक उमेर समूहका अवयवलाई नजिकबाट हेर्नुपर्छ । समय बित्दै जाँदा, कम उमेर समूहका मानिसहरू बूढो हुँदै जानेछन् । तर, यसको अर्थ यो होइन कि यी समूहहरूले काम गर्नेछन् । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार भारतको ४० प्रतिशत जनसंख्या अहिले २५ वर्षमुनिका छन् । सन् २०७८ सम्ममा यो घटेर २३.९ प्रतिशतमा झर्नेछ ।
भारत म्यानुफयाक्चरिड्ड हब हुने :
कुनै पनि देशमा युवा उमेरका जनसंख्या जति धेरै भयो त्यो देश त्यति नै विकासको गतिमा अघि बढ्न सक्छ । सामान उत्पादन गर्ने उद्योगहरुमा युवा जनशक्ति नै चाहिन्छ । भारतमा धेरै लामो समयसम्म युवा उमेरका जनसंख्याको प्रचुरता हुने देखिन्छ । त्यसैले भारत चाँडै नै म्यानुफ्याक्चरिङ्ग हब हुने सम्भावना पनि बढी छ । यसको अर्थ भारत अझ धनी हुनेछ ।
नेपालले फाइदा लिन सक्छ :
विगतका दिनहरुमा नेपालले विशाल जनसंख्या अर्थात् विशाल उपभोक्ता भएका देश चीन र भारतका लागि कति दरमा सामान निर्यात गरी धन आर्जन सक्यो ? उत्तर हुन्छ ज्यादै न्यून । वास्तवमा नेपालले छिमेकी देशमा विशाल जनसंख्या हुनुको फाइदा निर्यात गरेर लिन सक्थ्यो र सक्छ । नेपालले यसतर्फ विशेष ध्यान दिनु जरुरी छ । अवसरलाई पहिचान गरिए पनि त्यस अनुसार काम गर्न नसक्दा नेपाल जहिले पनि कंगाल रहिरहने छ । आशा छ नेपालका राजनीतिक नेतृत्वहरु र नेपाल सरकारको चाँडै बुद्धि पलाउने छ । (सामग्रीहरु अध्ययनबाट)