स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

0
132

बिराटनगर।

मोरङको बिराटनगर महानगरपालिका–११ पाञ्चालीमोडबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बिराटनगर–१५ का ४३ वर्षीय अनिल यादब रहेका छन् । आज अपरान्ह कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर आईआरटी बाट खटिएको प्रहरी टोलीले बीआर ३३ जेट ९७९६ नम्बरको मोटरसाईकलमा सवार रहेका यादबलाई शंका लागि चेक जाँच गर्ने क्रममा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैया चार लाख ६२ हजार पाँच सय बरामद गरेको हो ।

स्रोत नखुलेको नेपाली रुपैँया सहित पक्राउ परेका यादबलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाईएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here