यातायात सेवाग्राहीलाई ठग्ने २२ जना पक्राउ

0
94

झापा ।

सेवाग्राहीलाई ठगी गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था कार्यालय कोशी परिसरबाट २२ जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त कार्यालयमा छापा मार्दै उनीहरुलाई पक्राउ गरेको हो ।

इटहरीको हलगढास्थित कार्यालयमा प्रहरीले छापा मारेको थियो । यातायात कार्यालयबाट हुने कामका लागि अवैध रुपमा असुली गर्ने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको छ ।

सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरमा लगेर मिलेमतो गरी अवैध असुल्ने गरेको गुनासो बढेपछि प्रहरीले सक्रियता बढाएको हो ।

सेवाग्राहीले पटक–पटक समस्या भोग्दै आएको भन्दै इलाका प्रहरी कार्यालय इटहरीलाई यसअघि यातायात कार्यालयबारे सुनासो पुगिरहन्थ्यो । प्रहरीले पनि कार्यालयमा लेखापढी सेन्टरका ब्यक्तिले ढड्ढा राख्ने, पैसा खाने तथा नक्कली कागजपत्र बनाएर सेवाग्राहीलाई दुःख दिएको भन्दै यस्तो कार्य बन्द गर्न भन्दै आएको थियो ।

प्रहरीले भने अनुसार न कार्यालयका कर्मचारीले गरे । नलेखापढी सेन्टरका व्यक्तिले आफ्नो पैसा कमाउ धन्दा रोके । प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार राखेपका नायब सुब्बादेखि कार्यालयमा कार्यरत कार्यालय सहयोगी समेत छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार पक्राउ पर्नेमा एक करारका कर्मचारीसहित कार्यालय परिसरमा सञ्चालित लेखापढी सेन्टरका सञ्चालक छन् । बजाज, होन्डा, यमाहा, भेस्वा ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट यातायात कार्यालयको १५ वटा ढया, २३ वटा ब्लुबुक र १५ वटा फाइल र विभिन्न प्रकारका छाप नियन्त्रणमा लिएको छ । यातायात कार्यालयका निमित्त प्रमुख राजकुमार गुप्ताले लेखापढी सेन्टरका व्यक्ति पक्राउ परेको उल्लेख गर्दै छानबिनबाट दोषी देखिए कारबाही हुनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here