वडा अध्यक्ष कप फुटबलको उपाधि माई-६ र ७ लाई

७ जेष्ठ २०८०, आईतवार मा प्रकाशित

विमल दहाल, माई ।

माई नगरपालिकामा सन्चालित वडा अध्यक्ष कप महिला तथा पुरुष फुटबल प्रतियोगिताको उपाधि माई-६ र ७ ले हात पारेको छ।

प्रतियोगितामा पुरुषतर्फ वडा नम्बर-१ र ६ को निर्धारित समयमा कुनै गोल नलागे पछि ट्राईवेकरवाट वडा नम्बर ६ विजयी भएको थियो।वडा नम्बर-६ ले वडा नम्बर-१ लाई ट्राईवेकरमा ७ का विरुद्ध ८ गोल गर्दै विजयी वनेको हो ।

त्यस्तै महिला तर्फ वडा नम्बर-६ लाई वडा नम्बर -७ ले ० का बिरुद्ध १ गोल गर्दै विजयी भएको छ। बिजेता महिला पुरुष दुवै टिमले नगद २५ हजार सहित मेडल,ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन भने उपबिजेता टिमले नगद १५ हजार सहित मेडल,ट्रफी र प्रमाण पत्र प्राप्त गरेको वडा अध्यक्ष बुद्धिप्रसाद खनालले जानकारी दिनु भएको छ।

विजयी तथा उपविजेता टिमलाई प्रमुख अतिथि रत्न बहादुर थापा, बिशिष्ट अतिथि माई नगरपालिका उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सिता लावती लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो।

गत जेठ -१ गतेवाट शुरु भएको प्र‌तियोगितामा माई नगरपालिका भित्रका १० वटै वडाका महिला र पुरुष टिमको सहभागिता रहेको वडा सचिव हरि प्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here