अनुगमन टोलीद्वारा विभिन्न योजनाहरुको अनुगमन

0
45

पथरी शनिश्चरे,

पथरीशनिश्चरे नगरपालिकाको अनुगमन टोलीले नगरभित्रका विभिन्न योजनाहरुको अनुगमन गरेको छ ।

बुधबार नगरपालिकाका उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको नेतृत्वमा रहेको टोलीले अनुगमन गरेको हो।

पथरीशनिश्चरे वडा नं १ को सुन्दर बालविकास भवनको निर्माण, वडा नं १० को पदम पाख्रिनको घर छेउ कल्भर्ट निर्माण, वडा नं ७ लामाटोलीको निर्माणाधीन लामाटोली सामुदायिक भवन , वडा नं ४ कुशल बजारको कुशल चौक बजार व्यवस्थापन र वडा नं ९ स्थित सिंहवाहिनी माविको निर्माणधीन भवनको छत ढलान लगायत योजनाहरुको अनुगमन भएको हो ।

टोलीमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अनुगमन समितिका सदस्य वीरबहादुर राई, नगरपालिकाको इन्जिनियर सन्तोष केसी र प्राविधिकहरु सहभागी हुनुहुन्थ्यो । हरेक साता नगरपालिकाद्वारा विभिन्न योजनाहरुको अनुगमन हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here