माईजोगमाईमा दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

१० जेष्ठ २०८०, बुधबार मा प्रकाशित

विमल दहाल, इलाम ।

इलामको माईजोगमाई गाँउपालिकामा वुधवार दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। साविक नामसालिङ अन्तरगत माईजोगमाई वडा नम्बर ३ र ४ को सेवा प्रवाह, सुशासन, जवाफदेहिता, पारदर्शीता लगायतका विषयमा नागरिकले माईजोगमाई गाँउपालिकाका सरोकारवाला प्रतिनिधि, कर्मचारीले सवाल जवाफ गरि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।

चालु आर्थिक बर्षमा सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी पालिकाले सार्वजनिक सुनुवाई गरिएको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिनुभएको छ।

विभिन्न नागरिकले उठाएको सवालमा माईजोगमाई पालिकका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता उपमेयर प्रविना राई, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई, वडाध्यक्षहरु राम घिमिरे, डुरन देवान, शिक्षा शाखा प्रमुख करुणा नेपाल, राजश्व,सहकारी र सुचना शाखा प्रमुख अशोक राई, नामसालिङ माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रदिप देव, इन्जिनियर मधुसुदन श्रेष्ठ लगायतले सरोकारवालाको प्रश्नलाई प्रतिबद्धता सहित जानकारी दिनु भएको थियो।

कार्यक्रमका सहभागीले नमुना विद्यालय नामसालिङले उठाउने शुल्क, भवन निर्माणमा भएको अपारदर्शीताका, श्रम र श्रमिकका ज्यालादारी पाप्ती, विकासका लागी सरोकारवालाले अनुगमन गर्नुपर्ने, निर्माणाधीन नामसालिङ सडकलाई गुणस्तरीय बनाउने, योजनाको बारम्बार अनुगमन गरेर मात्र भुक्तानी गर्नु पर्ने, छात्रालाई दिने सेनिटरी प्याड व्यवस्थित गर्नुपर्ने, शिक्षक नियुक्ति गर्दा बिशेषज्ञलाई विद्यालय र पालिकाले दोहोरो सुविधा दिएकोमा रोक्नु पर्ने, विद्यालयको नाममा रहेको झापा चन्द्रगढी स्थित १३ बिगा जमिन र बिद्यालय रहेको स्थानको ४ सय ५ रोपनी जमिनको अाम्दानीलाई पारदर्शिता गर्नु पर्ने, शुक्रबारे बजारको पोल ब्यवस्थापन गर्नु पर्ने, वडा नम्बर-३ मा वडा सचिव बस्दै नबस्ने गरेकाले नागरिकले सास्ती भोग्नु परेको, लक्षित बर्गको लागि विनियोजन रकम पालिका मातहत कार्यक्रम सञ्चालन गरेकोमा सुधार गरि सरोकारवालालाईनै कार्यक्रम गर्ने जिम्मेवारी दिनु पर्ने लगायतका विषयमा सुझाव दिनु भएको थियो ।

सहभागीका तर्फबाट बिबिध विषयमा सहभागीहरु योगेन्द्र पौड्याल, ठाकुर सुवेदी, पिताम्बर अधिकारी, निर्मल घिमिरे, याम अधिकारी, सुरेश भट्टराई, विमल पौड्याल, यज्ञनिधि अधिकारी, ओमनाथ अधिकारी लगायतले प्रश्न राख्नु भएको थियो।

कार्यक्रममा साविक नामसालिङ वासी सेवाग्राही सहित वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, शाखा प्रमुखहरु, कर्मचारी, संघसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

माईजोगमाई गाँउपालिका अध्यक्ष कुश वहादुर थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिषयगत शाखाको अबस्था, नागरिक अभिमत, बहिर्गमित अभिमतको प्रतिवेदन सहजकर्ता संस्था नामसालिङ सामुदायिक विकास केन्द्रका अम्बर देवानले र सन्चालन विमल दहालले गर्नु भएको सहजकर्ता सस्थाका सचिव कमल प्रसाद नेपालले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here