अदुवाको प्रवद्र्धनमा ध्यान देऊ

0
67

प्रमुख मसला बालीमा पर्ने अदुवाको उत्पादन बढे पनि उचित मूल्य र बजार नपाउँदा नेपाली किसान चिन्तित छन् । अदुवा उत्पादनमा देशमै कहलिएको इलाम जिल्लाको पनि फाकफोकथुम गाउँपालिकाका अदुवा किसान श्रम अनुसारको मूल्य नपाएको र स्थानीय सरकारले अदुवाको बजारीकरणमा ध्यान नदिएका कारण अदुवा खेतीबाट पलायन हुने डर बढेको छ । त्यसो त अदुवाको अन्तर्राष्ट्रिय निर्यातमा पनि कमी आइरहेको बताइन्छ । अदुवा त्यस्तो खाद्यवस्तु हो, जसमा मानव स्वास्थ्यलाई आवश्यक पर्ने कार्वोहाइड्रेट, प्रोटिन, भिटामिन, चिल्लोपदार्थ, खनिज र पानी पाइने रेसा लगायतका तत्व पाइन्छ । यी तत्व बाहेक पनि अदुवामा औषधीय गुणहरु प्रशस्त हुन्छन् । त्यसैले अदुवालाई मसलाका रुपमा प्रयोग हुने प्रमुख खाद्यबाली मानिन्छ ।

नेपालको मध्य पहाडी जिल्लाहरुमा अदुवाको व्यवसायिक खेती गरिँदै आएको थियो । यसलाई ताजा, सुठो वा धुलोको रुपमा विभिन्न खाद्य परिकारमा प्रयोग गर्ने गरिन्छ । नेपाली अदुवाको ठूलो मात्रा भारतमा निर्यात हुँदै आएकोमा अहिले भारतबाट आयात हुन थालेको छ । अदुवाको अन्य प्रयोग तथा विश्व बजारसम्म पु¥याउन सरकारले कुनै कार्यक्रम बनाएको छैन । जसले गर्दा मूल्य र बजार नै नपाएका किसान, पलायन हुने अवस्थामा पुगेका हुन् । सरकारले यसको व्यवसायीकरण, निर्यात, बजारीकरण र मूल्यका सम्बन्धमा ध्यान दिएकै छैन । किसानलाई गुणस्तरीय बीऊ दिएर आधुनिक खेती प्रणालीका विषयमा प्रशिक्षण दिए गुणस्तरीय उत्पादन गर्न सकिन्छ । यो सँगै मूल्य निर्धारण, बजारीकरण र बजारसम्मको पहुँचलाई सरल र व्यवस्थित गर्न सरकारको ध्यान जानु पर्छ ।

देशको कूल १८ हजार नौ सय ४१ हेक्टरमा अदुवाखेती गरिने सरकारी तथ्यांक छ । यो विश्वमा लगाइने कूल क्षेत्रको पाँचौ र उत्पादनका दृष्टिले नेपाल तेस्रो स्थानमा छ । तर, सरकार अदुवाको व्यवसायीकरण, निर्यात, बजारीकरण जस्ता अनिवार्य र न्यूनतम् सेवा प्रवाह गर्न असफल छ । कम मेहनत गर्नुपर्ने र अन्य खाद्यबाली नहुने ठाउँमा खेती गर्न सकिने अदुवाको व्यावसायीक खेतीका लागि राज्यकै तर्फबाट संरक्षणसहितको प्रबद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्न ढिला गर्नुहुँदैन । मानव स्वास्थ्यका लागि अति उपयोगी मानिने अदुवा खेतीको उत्पादन वृद्धि गर्दै विश्व बजारमा पु¥याउनेतर्फ दीर्घकालीन योजना मार्फत कार्यक्रम ल्याउन सकिए यसको माध्यमबाट आत्मनिर्भर बन्न योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here