झापा कांग्रेस विभाग गठनको तयारीमा

0
98

झापा।

नेपाली कांग्रेस झापाले जिल्ला पदाधिकारी र सदस्य मनोनयन पश्चात विभागीय समिति गठनको कार्यलाई अघि बढाएको छ ।

पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा बसेको जिल्ला पदाधिकारी , क्षेत्र, प्रदेश सभा क्षेत्र र गाउँ नगर सभापतिहरुको संयुक्त बैठकले आगामी जेठ २५ गते भित्र विभागीय समितिमा मनोनयन गर्नु पर्ने नामहरु टुङ्गो लगाउने निर्णय गरेको छ ।

क्षेत्रीय सभापतिले मातहतका पार्टी इकाई समितिहरुसंग छलफल गरी विषय विज्ञताका आधारमा विभागमा मनोनित हुने सदस्यहरुको नामावली लिखित रुपमा पेश गर्नु पर्ने निर्णय भएको हो ।
त्यसैगरी गत वैशाख २० गते मनोनित जिल्ला सदस्यहरुलाई कार्य योजना र जिम्मेवारी तोकेर जिल्लाका १३१ वटै वडामा जिल्ला प्रतिनिधिका रुपमा खटाउने समेत निर्णय गरेको छ ।

यसरी खटिएका प्रतिनिधिहरु आफ्नो क्षेत्र तथा पालिकाका सम्वन्धित वडाहरुमा खटिएको वा नखटिएको तथा अन्यत्र खटिएका प्रतिनिधिहरु सम्वन्धित वडा पालिकामा पुगे नपुगेको विषयमा सम्वन्धित पार्टी समितिले अनुगमन गर्ने र त्यसको जानकारी जिल्ला सचिवालयमा गराउनु पर्ने निर्णय समेत भएको छ ।

त्यसैगरी यही जेठ महिनाभित्र नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधि र पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र , प्रदेश सभा क्षेत्र र गाउँ नगर सभापतिहरुको अन्तरक्रियात्मक संयुक्त छलफल कार्यक्रम आयोजना गरिने भएको छ ।

अन्तरक्रियामा वजेट कार्ययोजना तर्जुमा र पार्टी र जनप्रतिनिधिहरुको बीचमा समन्वय गर्दै विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने विषयमा छलफल हुने बताइएको छ । वैठकमा भर्खरै मनोजित जलकुमार गुरुङलाई पार्टी सभापति थेवेले खादा ओढाएर स्वागत गर्नु भएको थियो । वैठकको सञ्चालन पार्टी सचिव कृष्ण हुमागाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here