पञ्चायत नमूना माविको अभिभावक भेला सम्पन्न

१३ जेष्ठ २०८०, शनिबार मा प्रकाशित

छविराज ढकाल/ पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरेमा रहेको सामुदायिक विद्यालयहरु मध्यें नमूना विद्यालयको नामले परिचित पञ्चायत माविको अभिभावक भेला सम्पन्न भएको छ।

शनिबार नगरपालिकाका सूचना अधिकारी एवम् यूवा, खेलकूद तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले र वडा अध्यक्ष भीम कुमार राईले एक कार्यक्रमका बीच संयुक्त पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो।

भेलामा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले ८ करोड २९ लाख ४२ हजार बढिको आय- व्यय सहितको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले विद्यालयको नाममा ३१ लाख बढी नाफा रहेको उल्लेख गर्दै आर्थिक, शैक्षिक तथा भौतिक पूर्वाधारहरुमा भएको विकास सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो।

नगरपालिकाका सूचना अधिकारी तथा यूवा, खेलकुद तथा सांस्कृतिक शाखा प्रमुख शालिग्राम काफ्ले सभाध्यक्षता तथा वडा नं १ का वडाध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलामा सोहि विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनुभएका संविधान सभाका सभासद् चण्डी प्रसाद राई, वडा नं १० का वडाध्यक्ष जीवन खतिवडा, निवर्तमान अध्यक्ष आईता कुमारी तुम्वापो, समाजसेवी पर्शु मिश्र, लगायतको उपस्थिति रहेको थियो।

सोहि अवसरमा पथरीशनिश्चरे ०१ का यूवा व्यवसायी टिकेन्द्र पौडेलले पञ्चायत नमुना माध्यमिक विद्यालयको अभिभावक भेलामा घोषणा गरेका छन्। शनिबार ६ महिना अघि मात्रै दिंवगत आफ्ना बुबा -आमाको स्मृतिमा सोहि विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्र छात्राहरुलाई शैक्षिक सामग्री र पाठ्यपुस्तक प्रदान गर्ने अभिप्रायले १ लाख ५१ हजार बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन्।

सोहि क्रममा पूर्व संचालक समिति सदस्य गणेश खड्का, शिक्षक – अभिभावक संघका सल्लाहकार समेत रहनुभएका समाजसेवी यूवराज बास्कोटा समेतले भेलाको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो। सोहि विद्यालयका विद्यार्थीहरुको शैक्षिक उन्नतिका लागि छात्रवृत्ति तथा पाठ्य सामग्री वितरण गर्ने उद्देश्यले पूर्व विद्यार्थी संगठनका सदस्य पनि रहेका पथरी बजारका यूवा व्यवसायी टिकेन्द्र पौडेलले आफ्ना दिंवगत बुबा -आमाको स्मृतिमा १ लाख ५१ हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा समेत गरेका थिए।

हाल विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, वाणिज्य, मानविकी, कानुन, ललित कला, पत्रकारिता जस्ता विषयमा ३२ सय बढि छात्र छात्राहरुले अध्ययन गरेको जानकारी दिईएको थियो।
आगामी ३ वर्षे अवधिको लागि विद्यालय व्यवस्थापन समितिको गठन हुने जनाइएको छ।

आजैको भेलाले विद्यालय व्यवस्थापन समितिमा २ महिला सहित ४ जना सदस्यहरू, एक शिक्षक प्रतिनिधि, एक सदस्य सचिव विद्यालयका प्रधानाध्यापक, नगरपालिकाका प्रमुखले तोकेका एक व्यक्तित्व, सहित कूल ९ जना सदस्य रहेको कानुनी प्रावधान रहेको छ।

पुर्व विद्यालयका संचालक समितिका पदाधिकारीहरु सहितको ३ सदस्यीय सहजीकरण छनौट समितिले सर्वसम्मत चयन गर्नुपर्ने कानुनी प्रावधानलाई अपनाई २ महिला सहित जम्मा ४ जना समिति सदस्य गठन गर्न सहमतिको प्रयास जारी राख्नु भएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here