अर्जुनधारामा वन हेल्थ एप्रोच अन्तरक्रिया गोष्ठी सम्पन्न

0
81
अर्जुनधारा । 
पशुपन्छी तथा मत्स्य विकास शाखा अर्जुनधाराको आयोजनामा सोमबार वन हेल्थ एप्रोच अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिकाको सभाहलमा नगर आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.पशुपति ढुंगानाले उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि ढुंगानाले सहजिकरण गरेको कार्यक्रममा ६० जना भन्दा बढीको सहभागिता रहेको बताइएको छ ।
कार्यक्रममा पशुपन्छी र वातावरणबाट मानिसमा सर्ने रोग ?, थुनेलो रोग नियन्त्रण र उपचारका लागि भइरहेका प्रयासहरु, ब्रोइलर कुखुरापालन व्यवस्थापन, मासु उत्पादन व्यवस्थापन र औषधिहरुको प्रयोगको अवस्था, मासु बजार व्यवस्थापन र पशु रोग नियन्त्रणलगायतका विषयमा सहजिकरण गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, कृषक समूहका प्रतिनिधि, सहकारीका प्रतिनिधि, भेटेनरी प्राविधिक, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
समितिका सदस्य टुम्मनाथ काफ्लेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख पदमलाल राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here