गृहिणी महिलाहरुलाई अचार बनाउने तालिम

0
99

झापा, गृहिणी महिलाहरुका लागि झापाको बिर्तामोडमा तीन दिने अचार बनाउने तालिम प्रदान गर्न शुरु गरिएको छ ।
महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा महिलाहरुका लागि तालिम प्रदान गर्न शुरु गरिएको हो । तालिमको सहजीकरण शिव वावा अचार उद्योगका सञ्चालक दिननाथ शिवाकोटीले गरिरहेका छन् । तालिममा महिलाहरुको उल्लेख्य सहभागीता रहेको छ ।
तालिमको उद्घाटन बिर्तामोड नगरपालिका वडा नम्वर ५ का वडासदस्य ओमभक्त सेढाईले गरेका छन् । तालिमको उद्घाटन गर्दै सेढाईले बिर्तामोडमा मात्र होइन झापा भर महिला उद्यमीले उत्पादन गरेको अचार पु¥याउँदै बढी भन्दा बढी लाभ लिन अनुरोध गरेका थिए ।


महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष सुष्मा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाकी वरिष्ठ उपाध्यक्ष सर्मिला अधिकारीले गरेकी थिइन् भने संस्थाकी निर्वतमान अध्यष गोमा भट्टराईले शुभकामना मन्तव्य राखेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here