ग्रामीण विकास सेवा समितिमा नयाँ नेतृत्व

0
105

सुरुङ्गा, कनकाई नगरपालिका–३, नयाँ बस्तीस्थित ग्रामीण विकास सेवा समितिको नयाँ कार्यसमिति चयन गरिएको छ ।
सुरुङ्गास्थित होटल समृद्धिको सभाहलमा सम्पन्न १९ औं वार्षिक साधारणसभासहितको अधिवेशनबाट पुनः तेजबहादुर प्रधान अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरिएको हो । समितिको उपाध्यक्षमा सङ्गीता लिम्बू, सचिवमा सागर सुब्बा, सहसचिवमा मिरा श्रेष्ठ र कोषाध्यक्षमा सुवास डाँगी चयन भएका छन् ।
सदस्यहरूमा गोपाल सिटौला, प्रेमप्रसाद उप्रेती, मनिष पुरी, जङ्गबहादुर थापा, अनिता कट्टेल र पुष्पा भट्टराई रहेका छन् । त्यसै गरी, रमेश हुमागाई संयोजक र रामप्रसाद खरेल र मिना गुरागाई (खतिवडा) सदस्य रहेको ३ सदस्यीय लेखा समिति पनि गठन गरिएको छ ।
कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष तेजबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा वार्ड सदस्यहरू कृष्णमाया भुजेल र अनिल गोयल, समाजसेवीहरू सीताराम न्यौपाने, दिननाथ खतिवडा, डिल्लीनारायण प्रधान, मनोज दाहाल लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here