एनएमबी बैंकमा पेस्तोल देखाएर दिउँसै लुटपाट

0
59

झापा, महोत्तरीको औरही गाउँपालिका–२ स्थित औरही बजारमा रहेको एनएमबी बैंकमा हतियारधारी समूहले लुटपाट गरेको छ ।
पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागेको प्रहरीले जनाएको छ ।
महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी दीलिपकुमार गिरीले बैंकबाट ३८ लाख रूपैयाँ लुटेर लगेको नेपाल प्रेसलाई बताए ।उनले भने, ‘लुटेराहरू पेस्तोल बोकेका थिए । मुख छोपेका लुटेराहरूको गतिविधि सीसी क्यामेरामा कैद भएको छ । खोजी गरिरहेका छौं ।’ लुटपाटपछि बैंक बन्द गरिएको छ । अहिले बैंक आसपास भिड बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here