सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रोत्साहन स्वरुप नगद

0
123

झिलझिले ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले नगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रोत्साहन स्वरुप नगद दिएको छ ।

चालु आर्थिक वर्ष २०७९–०८० को स्विकृत वडा सिलिङ बजेटबाट वडा पालिकाको कार्यक्रमअनुसार नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई नगद तीन हजार वितरण गरेको हो । वडाका स्थायी बासिन्दा भएका अभिभावकका छोरीले अध्ययन प्रोत्साहनका लागि तीन हजार पाएको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए ।

वडाका २८ जना छात्रा शिवसताक्षी नगरका तीन वटा सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन् ।झिलझिले माध्यमिक विद्यालय, ११ नम्बर वडाको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय र वडा नम्बर ७ को भानु माद्यमिक विद्यालयमा विभिन्न संकायमा अध्ययन गर्ने छात्रा छन् । उनिहरुले वडाबाट शुक्रबार नगदै शैक्षिक प्रोत्साहन रकम बुझेको वडा सचिव पुष्पलाल पाण्डेले बताए ।

उच्च शिक्षामा छात्राको आकर्षण बढाउन, सामुदायिक विद्यालय टिकाउन र बालविवाह न्यूनीकरण गर्नका निम्ति यस्तो कार्यक्रम वडामा संचालन गरिएको वडा अध्यक्ष फेउदिनले बताए । ‘वडाले दिएको तीन हजार रकम थोरै होला तर यसको महत्व विद्यार्थी बहिनीहरुले सहि ढंगले बुझिदिए अथाह हुने छ ।’

‘सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी आर्थिक रुपमा विपन्न हुन्छन् । विद्यालयले तोकेको सामान्य शुल्क बुझाउन नसक्दा आत्महत्या गर्ने, परिक्षा दिनबाट बञ्चित हुने, डिप्रेसनको सिकार हुने जस्ता घटना सुनेका र्छौ,’ उनले भने‘विद्यालयलाई शुल्क बुझाउन नसकेकै कारण सारिरीक, मानसिक,आर्थिक, शैक्षिक रुपमा अब्बल नभई विहाह गर्ने र पारिवारिक झमेलामा फस्ने गरेकाले पनि यो रकमले थोरै भएपनि आर्थिक रुपमा सितलता प्रदान गर्छ ।’

छात्रालाई प्रोत्साहन रकम वितरण कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की पनि सहभागी थिइन् । उनले अन्य वडाको भन्दा रचनात्मक र जनभावना अनुसारको काम गरेर नगरको गौरव बढाएको भन्दै वडा नम्बर ८ को खुलेर प्रशसा गरिन् ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतवहादुर राईले छात्राले पाएको प्रोत्साहन रकमको अधिकतम् सदुपयोग गर्न लाभग्राही छात्रा संग अनुरोध गरे । नगरको शैक्षिक स्तर उकास्न तपाई विद्यार्थी भाईवहिनीको भुमिका अहम् हुने भएकाले आफ्नो स्तर खस्कन नदिन नगरका हरेक शैक्षिक गतिविधिमा सहभागि हुन उनले आव्हन समेत गरेका छन् ।

वडा कार्यालय परिषरमा भएको कार्यक्रमको स्वागत वडा सदस्य रिता थापाले गरेकी थिइन् भने कार्यक्रमको सहजिकरण कर्मचारी कुमारशिंह साँवाले गरेका थिए ।

सो कार्यक्रममा झिलझिले माद्यमिक विद्यालयका प्रधानाध्यापक खेमराज निरौला, दुधे माविका शिक्षक मदन चोङवाङ लगायतले नगरको ८ नम्बर वडापालिकाले ल्याएका हरेक कार्यक्रम लक्षित समुदायका लागि फलदायी र परिणाममुखी रहेको दावि गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here