वातावरण दिवसमा होटल व्यवसायी संघ झापाले रोप्यो तीन सय फूलका विरुवा

0
120

बिर्तामोड ।

विश्व वातावरण दिवसको अवसर पारेर होटल व्यवसायी संघ झापाले विभिन्न प्रजातिका तीन सय फूलका बिरुवा रोपेको छ ।

बिर्तामोड र अर्जुनधारा नगरपालिकाको संरक्षणमा र विभिन्न संघ–संस्था, प्रहरी, होटल व्यवसायी ,यातायात व्यवसायी लगायतको सहभागितामा फूलका विरुवा रोपिएको होटल ब्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् ।

संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।

नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वातावरणको संरक्षण गर्नु सबैको दायित्व भएकाले होटल ब्यवसायी संघ झापााको अगुवाईमा बिर्तामोड बस पार्क क्षेत्रमा फूलका विरुवा रोप्ने काम भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

होटल संघलाई मेचीनगर– ४ का वडाध्यक्ष अर्जुन कार्की र ग्रीन जेनेरेशन झापाले बिरुवा उपलब्ध गराएको बतााइएको छ । वृक्षारोपण कार्यक्रममा उत्सनहजनक सहभागिता रहेको होटल ब्यवसायी संघ झापाका महासचिव शिव पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here