पथरीशनिश्चरे,
पथरीशनिश्चरे नगरभित्रका सहकारी संस्थाका लागि ५ दिने सहकारी लेखा तालिम सञ्चालन हुने भएको छ ।
तालिमको सोमबार नगर प्रमुख मोहनप्रसाद तुम्वापालले उद्घाटन गरेका हुन् । पाथरी शनिश्चरे नगरपालिकाको योजना रहेकोले तालिम २६ जेठमा सम्पन्न हुनेछ ।
त्यसैगरी उद्घाटन कार्यक्रममा आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेतको उपस्थिति थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बेलबारीका सल्लाहकार हरिप्रसाद सुवेदिले ५ दिनदेखि तालिम दिइरहेका छन् ।