निर्वाचनमा हारेकाले योजना ल्याए, जितेकालाई उद्घाटन् गराए

0
69

विनोद सापकोटा,
झिलझिले ।

हार सबैलाई अप्रिय हुन्छ । सम्झिँदा मन मुटु चस्स दुखेझै गर्छ । कतिलाई हारले पलायन बनाउँछ । तर, हार र जित त देखाइ, बुझाइ र भोगाइको मात्र फरक रहेछ भन्ने उदाहरण एक राजनीतिककर्मीले समाजलाई देखाएका छन् ।

उनिहु्न् दुर्गा नेम्वाङ । वडा नम्बर १ का स्थायी बासिन्दा नेम्वाङ यतिबेला समाज, वडा र नगर रुपान्तरणको अभियानमा जुटेका छन् । स्थानिय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा दुई पटक पराजित नेम्वाङ अहिले सम्म थोकेका छैनन् ।

हार पनि एक पटक होइन । दुई —दुई पटक निर्वाचन हारेका उम्मेद्वारलाई राजनीतिक गर्न समाजमा निक्कै हम्मेहम्मे पर्छ । तर उनको कर्म चुनावी मतमा पछाडी, विकासको काममा सधै अगाडी । यस्तै कर्मले उनको नामको चर्चा जताततै छ ।

०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेका सुवास राई संग नेम्वाङ झिनो मतले पराजित भएका थिए । ०७९ सालको निर्वाचनमा पनि उनि फेरी नेकपा एमालेका लक्ष्मी चेम्जोङ सग साविकको मतान्तर भन्दा थोरैले पराजित भए । उनि माओवादीबाट निर्वाचन लडेका थिए ।

चुनाव जितेर आफ्नो नगर र वडालाई हराभरा बनाउँछु भन्ने उनको योजनामा ठेस लाग्यो । तर, लडेनन् । रातदिन नभनी दौडिरहे । अझैपनि दौडिरहेका छन् । उनले भने,‘ जनताको मन जितेको रहेछु तर, मत जित्न सकेको रहेनछु । एक दिन अवश्य गन्तव्यमा पुग्ने आश अझै मरेको छैन ।’

उनको वडामा अहिले प्रदेश र केन्द्र सरकारका४ करोड ७८ लाखका १० वटा योजना संचालन छन् । कतिपय योजना त निर्माण सम्पन्न भईसकेका छन् । नेम्वाङका अनुसार प्रदेश सरकारबाट २ करोड १३ लाख र संघ सरकारबाट २ करोड ६५ लाखको योजना वडामा संचालित छन् । केन्द्रिय सरकारको २ करोड ६५ लाखको योजनाले कमल खोलामा धमाधम बाँध निर्माण भइरहेको उनले बताए ।

दुईवटै निर्वाचनको मत परिणामले आफुलाई अलिकती पनि पिर नपरेको उनले बताए । ‘०७९ को निर्वाचनमा चै अवश्य मत मेरो पक्षमा आउँछ भन्ने ठानेको थिए । तर नजिता उल्टो आयो । संगैका प्रतिष्पर्धी लक्ष्मी काकालाई बधाई दिए,’ उनले भने ।

नेम्वाङको मत परिणामले धेरैलाई रुवाएको थियो । उनका समर्थक र मतदाताको आँखाका डिल आँसुले भरिएका थिए । कतिपपय त डाको छोडेर रोए । कतिले विलौना गरे । तर त्यो रुवाई र विलौनाले नेम्वाङ विजेता बन्दैन थिए । नेम्वाङ चलचित्र निर्देशक पनि हुन् । उनले नेपाली र भारतिय केही चलचित्रको निर्देशन समेत गरेका छन् ।

माओवादी भुमिगत हुदै उनि सो पार्टीका शुभचिन्तक थिए । विस्तृत शान्ति सम्झौता पछि उनि माओवादीको सक्रिय राजनीतिमा होमिए । त्यसैबेला देखी नेम्वाङको पहुँच पार्टीका दिग्गज नेता संग रहन गयो ।

उनि तत्कालिन एक नम्बर प्रदेशका कृषी मन्त्री झलक दर्लामी मगरका स्वकिय सचिव हुन् । प्रदेश र केन्द्र सरकारका मन्त्री र कर्मचारी संग उनको सम्बन्ध झन विस्तार भयो । नेम्वाङ इमान्दार कार्यकर्ता हुन् । आफ्नो पार्टीको मात्र उनले झोला कहिल्यै बोकेनन् । अन्तरपार्टीका नेता कार्यकर्ताले भनेको कुरा (खास गरि विकास निर्माण) पनि उनि नजिकैबाट केलाउँछन् र समस्याको समाधान तर्फ अघि बढ्छन् ।

पछिल्लो पटक पूर्वाधार विकास कार्यालय झापाबाट उनले ३५ लाख २४ हजारमा साविकको धरमपुर ८ र ९ मा पर्ने लेलिया खोलामा ‘ट्रष्ट व्रिज’ बनाए । यो योजना उनको नितान्त एक्लो पहलमा भएको हो ।

पूल निर्माण पछि उनले जो संग आफु निर्वाचन हारे । उनैलाई पूलको उद्धघाटन गरिदिन अनुरोध गरे । वडा अध्यक्ष लक्ष्मी चेम्जोङ र नेम्वाङलेसंयुक्त रुपमा उद्धघाटन गरे । ‘ ‘संघ र प्रदेशका मन्त्री बोलाउँदा आउनु हुन्थ्योहोला । तर वडाबासीको सल्लाहले वडाको मुख्य मन्त्रीलाई नै पूलको उद्घाटन गर्न हामी सबैले लगाएका हौ ।’

नेम्वाङ निर्वाचनमा पराजित भएपछि वडामा दर्जनौ योजना उनकै पहलमा आएको स्थानिय चन्द्रविर नेम्वाङले बताए । उनले भने,‘निर्वाचनमा राम्रालाई भन्दा पनि हाम्रालाई मत दिने परिपाटीले गाँउमा अपेक्षा अनुसारका योजना आएका छैनन्् ।तर पनि पटक पटक निर्वाचन हारेर नथाकेका नेम्वाङकै कारण वडामा खानेपानी, विद्युत, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा लागयतले भने फ्डको मारेको छ ।’

धरमपुर खानेपानीमा ७० लाख, सामुदायिक भवनमा २० लाख, फुलबारी चोक दक्षिणको ढकालपुर हुँदै खुलाल गाँउ, कोइराला गाँउ हुँदै इन्द्रेणी चोक जाने सडकलाई २५ लाख, धरमपुर चर्चाबारी सडकलाई २० लाख, फुलवारी सिमसार ११ लाख, अपर लेलिया सिचाईँ १० लाख, डुडामारी खोला तटवन्ध ८० लाख, लेलिया खोला तटवन्ध ८ लाख र लक्ष्मी नारायण माविको फर्निचर मर्मतका लागि ५ लाख बजेट नेम्वाङकै पहलमा आएको स्थानियले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here