मेचीनगरमा पहिलो स्काउट फ्रेण्डशीप क्याम्प चारआलीमा

0
70

मेचीनगर ।

नेपाल स्काउट दशरथ स्काउट दलको आयोजना एवम् कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दुई दिन एक रातको फ्रेण्डशीप क्याम्प २०८० सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले राष्ट्रिय तथा स्काउट झण्डा उत्तोलन गरी कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा प्रमुख अतिथि प्रजिअ पोखरेलले समाज विकासका लागि विद्यालय स्तरमा स्काउटिङको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक शिवकुमार पौडेलले स्काउटको महत्वका बारेमा प्रकाश पारेका थिए । फ्रेण्डशीप क्याम्प २०८० नामको सो क्याम्पका क्याम्प प्रमुख एवम् दशरथ स्काउटका स्काउटर टेकेन्द्र ढकालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमको सहजीकरण गरेका थिए ।

शहीद दशरथ चन्द माविका प्रधानाध्यापक तथा दशरथ स्काउट इकाई अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्काउटको स्कार्फ र ब्याजले दिक्षित राष्ट्रिय प्रशिक्षक शविकुमार पौडेलले सपथ ग्रहण गराएका थिए । स्थानीय मेचीनगर–११, १४ का नौ वटा विद्यालयका दुई सय ५३ जना ११ वर्षदेखि १५ वर्षसम्मका स्काउट विद्यार्थी सहभागी रहेको कार्यक्रममा विभिन्न पाँच वटा प्रतियोगिताहरुमा मार्चपास, सामुहिक नृत्य, गायन, हस्तकला, कविता र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएका थिए ।

शहीद दशरथ चन्द मावि, सरस्वरी बाल कल्याण मावि, बलभद्र जनता मावि, बाल सुवबोधिनी मावि, माउथ पोइन्ट अंग्रेजी मावि, दुर्गा आवासीय अंग्रेजी मािवि, दन्तकाली अंग्रेजी मावि, सीताराम सामुदायिक अंग्रेजी मावि र कालिका आधारभूत विद्यालयका स्काउट विद्यार्थीहरु सहभागी थिए ।

कार्यक्रमलाई पाउँ पाथीभरा, उत्तरगंगा पर्यटन प्रवद्र्धन समिति चारआली, माउण्ट पोइन्ट अंग्रेजी मावि चारआली, हातेमालो वन उपभोक्ता समिति, कालिका वन उपभोक्ता समिति (सिमसार), सूर्य एग्रो, सीताराम सामुदायिक विद्यालय, दन्तकाली अंग्रेजी मावि र दुर्गा आवासीय एवम् आयोजना विद्यालय दशरथ चन्द मािवले आवश्यक जिन्स सहयोग गरेका थिए ।

सहभागी विद्यालयहरुका स्काउटर टिचर, रोमर रेन्जर युनाइटेड क्र्यु तथा सहायक राष्ट्रिय प्रशिक्षण शिवानी देवानको मुख्य भूमिका रहेको कार्यक्रमलाई नेपाली सेना अरिदमन गणले टेण्ट, खानेपानीको सुविधाका साथै विभिन्न डेमो प्रस्तुत गरी विद्यार्थीलाई टेण्ट निर्माण, रनिङ अभ्यास, प्राथमिक उपचार स्टेचर निर्माण लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पाउँ पाथीभरा उत्तरगंगा पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष तिलक गिरी, आयोजक विद्यालयका विव्यस अध्यक्ष केदारबहादुर बुढाथोकी, नेपाल स्काउट मेचीनगर तदर्थ समिति संयोजक रिता थापा, व.ज.मा.वि. जि.व्य.स. अध्यक्ष शान्तिराम चिमरिया, मेचीनगर वडा नं. १३ का वडाध्यक्ष कृष्णराज सिग्देल, व्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्याम्पमा मार्चपास तथा उत्कृष्ट दलको ताज सरस्वती बाल कल्याण माविले प्राप्त गर्यो भने अन्य विधामा मिश्रित परिणाम आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here