‘युवामा पठन संस्कृति आवश्यक’

0
148

सुरुङ्गा । 

डाइनामिक पब्लिक लाइब्रेरी नेपालको आयोजनामा पठन संस्कृतिको विकाससम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

डाइनामिक पब्लिक लाइब्रेरी टिन्स् बोर्ड दमकको संयोजनमा भएको कार्यक्रममा युवाहरूमा पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचको विकास हुनु आवश्यक रहेकोमा जोड दिइएको थियो । पठन संस्कृति र सकारात्मक सोचले मात्र सभ्य र सुसंस्कृत युवा नेतृत्वको विकास हुनेमा सहजकर्ताको जोड थियो ।

डाइनामिक पब्लिक लाइब्रेरी टिन्स बोर्ड दमकका अध्यक्ष पूर्णिमा तिम्सिनाको अध्यक्षतामा भएको नेतृत्व विकास तालिममा एक सय जनाको सहभागिता रहेको थियो ।

दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई (प्रसाईं) को प्रमुख आतिथ्य र डाइनामिक पब्लिक लाइब्रेरी नेपालका संस्थापक अध्यक्ष भेषराज न्यौपानेको विशेष आतिथ्यमा भएको कार्यक्रममा डाइनामिक पब्लिक लाइब्रेरी नेसनल बोर्डका अध्यक्ष बिनोद उप्रेती, नेसनल बोर्ड उपाध्यक्ष अनु भण्डारी, महासचिव लक्ष्मी न्यौपाने लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा डाइनामिक पब्लिक लाइब्रेरी नेपालका अध्यक्ष प्रवेश दुलालले सहजीकरण गरेका थिए ।

युवालाई शिक्षा र चेतनाका माध्यमबाट सशक्तीकरण गर्ने उद्देश्यका साथ डाइनामिक पब्लिक लाइब्रेरी नेपालको १५ वर्ष अघि स्थापना भएको हो ।

उक्त कार्यक्रममा डाइनामिक पब्लिक लाइब्रेरी नेपालका विभिन्न शाखा तथा दमक नगरपालिकाका विभिन्न विद्यालय तथा क्लबबाट प्रतिनिधित्व रहेको डाइनामिक पब्लिक लाइब्रेरी टिन्स दमकका सदस्य जेनिश चम्लागाईंले जानकारी दिए ।

कार्यक्रम डाइनामिक पब्लिक लाइब्रेरी टिन्स बोर्ड दमकका महासचिव शुभम् सिग्देलले सञ्चालक गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here