पथरीशनिश्चरे नगरपालिकाद्वारा विभिन्न पत्रकार तथा सञ्चार माध्यम सम्मानित एवम् पुरस्कृत

0
51

छविराज ढकाल
पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकाले अग्रज पत्रकार सम्मान, सञ्चार माध्यम तथा लेखनवृत्ति पुरस्कार प्रदान गरेको छ।

सोमबार पथरीशनिश्चरेका नगरप्रमुख मोहनप्रसाद तुम्वापोले एक कार्यक्रमका बीच नगरपालिकाको सभाहलमा लामो समयदेखि नगरभित्र निरन्तर पत्रकारिता गर्दै आएका सेवारो अनलाईन संस्करणका संचालक तथा प्रकाशक फिपराज बेघालाई ‘पत्रकार सम्मान’ प्रदान गर्नुभयो।

सोहि अवसरमा पथरीशनिश्चरेमा निरन्तर रुपमा संचार माध्यमको भूमिका निर्वाह गर्दै आएको प्रदेश दैनिक ‘नामक अनलाईन संस्करणलाई ‘सञ्चारमाध्यम सम्मान’बाट सम्मानित गरिएको थियो। उनीहरू दुवैलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो।

त्यस्तै, नगरभित्रका विभिन्न संचार माध्यमहरूमा कृयाशिल रहेको पत्रकारहरु क्रमशः छविराज ढकाल (पूर्वाञ्चल दैनिक), केशवप्रसाद निरौला स्वतन्त्र लेखक) , भूमि प्रसाद पाठक ( सगरमाथा अनलाईन), प्रेम केडी भट्टराई र ईश्वर दुलाल (क्रेजी साप्ताहिक)लाई नगरमा सशक्त पत्रकारिता गरेवापत लेखनवृत्ति शिर्षकमा पुरस्कृत गरिएको थियो। उनीहरूलाई जनही ५ हजारका दरले रकम प्रदान गरिएको थियो।

उक्त अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको सम्मान तथा पुरस्कार वितरण समारोहमा पथरी शनिश्चरे नगरका प्रवक्ता नवीनजंग कार्की, सूचना संयोजक सन्तोष राई, कार्यपालिका सदस्य मिना कुमारी तामाङ, लेखा शाखाका प्रमुख पिताम्बर वस्ती लगायतका उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here