कृषकलाई प्रोत्साहन बापत अनुदान

0
54

विनोद सापकोटा
शिवगञ्ज ।

खाने तेल, तरकारी र अन्नमा बाहिरिने रकमलाई आफ्नै वडा पालिकामा राख्ने वातावरण बनाउन झापाको शिवसताक्षी नगरपालिका ६ नम्बर वडाले कृषकलाई प्रोत्साहन बापत अनुदान दिन थालेको छ ।

तरकारी खेती, लहरे खेती, बगर खेती, मकै लगायतका खेती गर्ने किसानले अव वडाबाट प्रोत्साहन वापतको रकम पाउने छन् । प्राङ्गारिक तोरीको तेललाई वडा पहिचानका रूपमा स्थापित गर्ने लक्ष्यका साथ वडामा किसान प्रोत्साहन कार्यक्रम ल्याईएको वडा अध्यक्ष मनोज खुलालले बताए ।

‘विशेषगरी हामीले वडाबासीलाई आफ्नै गाउँमा स्वरोजगार बनाउन अभियान सुरु गरेका छौँ’, उनले भने, ‘निर्वाहमुखी कृषि प्रणालीलाई उत्पादनसँग जोडेर कृषकको आयआर्जनमा वृद्धि गर्दै गरिबी घटाउने वडाको मुख्य योजना हो ।’

वडा तथा नगर सभाबाट स्वीकृत आर्थिक वर्ष २०७९–८० को कृषि विकास कार्यक्रमअन्तर्गत वडाले व्यावसायिकरूपमा तोरी, आलु, विभिन्न जातका तरकारी, खरबुजा, मकै, फर्सी लगायतको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफल र उत्पादन भएको बस्तुको मात्राका आधारमा अनुदान रकम उपलब्ध गराएको वडा पालिकाले जनाएको छ ।

वडाले गएको माघमा व्यवसायीक खेती गर्ने किसानका लागि अनुदान दिने निर्णय गरेको थियो । त्यसैका आधारमा किसानले अनुदान पाएका हुन् । व्यावसायिक तोरी, तरकारी र वडाले तोकेको अन्नखेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातित खाने तेल, तरकारी र अन्नलाई विस्थापित गर्ने लक्ष्यका साथ किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको वडा अध्यक्ष खुलालले बताए ।

‘किसानलाई व्यावसायिकरूपमा तोरीखेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र वडालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कृषकहरुको उत्पादन लागतमा अनुदान कार्यक्रम अघि सारिएको हो’, वडा अध्यक्षले खुलालले भने, ‘ अब यी र यस्तासरकोकारका विषयले कृषकलाई वडाले केन्द्रमा राखेर काम गर्ने छ । जसका कारणले वडाका किसानले प्रत्यक्ष फाईदा लिन सक्ने छन् ।’

वडामा तरकारी खेती, तेलन बाली र बगर खेतीलाई प्रवर्द्धन गर्न यो कार्यक्रमबास्तविक किसानका पक्षमा भएको किसानले बताए । ‘यस अघि वडामा यो कार्यक्रम थिएन । कृषी ज्ञान केन्द्रवाट पहुँच पुर्याउन सक्ने कृषी फर्म दर्ता गरेका एकाध किसानले अनुदान पाउने गरेका थिए,’ स्थानिय किसान सुर्यप्रसाद राजबंशीले भने । यो कार्यक्रम नगरका सबै वडाले कार्यान्वयन गर्न आवश्यक रहेको उनले शिवसताक्षी नगरपालिकालाई सुझाव दिए ।

वडाको अनुदान पाउन किसानले कम्तीमा ५ कट्ठा जग्गामा तोरी खेती गरेर २ क्विन्टल तोरी उत्पादन गर्नुपर्छ । यस्तै, आलु, लहरे, मकै र बगर खेतीका लागि पनि वडाले मापदण्ड बनाएर कार्यक्रम संचालन गरेको थियो । वडा अध्यक्ष खुलाल नेतृत्वको अनुगमन तथा मूल्यांकन समितिको सिफारिसका आधारमा कृषकले नगदै अनुदान पाएका छन् ।

सो समितिले साविकको शिवगञ्ज १ नम्बर वडामा गोमा रिजाल, २ नम्बर वडामा नरेन्द्रवहादुर बस्नेत र गंगा ताजपुरियाअनि वडा नम्बर ३ मा गीता दर्जीले कृषकले लगाएको बालीको अध्ययन, मुल्याँकन र सिफारिस गरेका थिए ।

यो कार्यक्रमका लागि वडाले ५ लाख विनियोजन गरेको थियो । यो वजेटबाट ७२ जना किसानले २ हजार ५ सय देखि ५१ हजार सम्म नगद प्रोत्साहन पाए । नगद प्रोत्साहन पाउँदा किसान अर्षित थिए । उनिहरुले आउँदो साल अतिकती पनि जग्गा बाँझो नराखी खेती गर्ने बताए ।

पाँच कट्ठा जग्गामा तोरी खेती गरेर पौरखी किसान ठहरिएका स्थानिय लोकवहादुर रोक्काले पहिलो पटक सरकारी अनुदान लिनपाएकोमा खुसी व्यक्त गरे । आउने साल देखि अझ बढी खेती गर्ने उनले बताए ।

उनिजस्तै ७२ जना किसानवडाले दिएको अनुदान पाउँदा औधी खुसी भएका थिए । यो कार्यक्रमले आफुहरुलाई प्रत्यक्ष फाइदा र प्रोत्साहन मिलेको उनिहरुले बताएका छन ।वडाले दिएको ९ हजार ५ सय हातमा लिदै स्थानीय जीतवहादुर केसीले भने, नेपालमा किसानले नगदै प्रोत्साहन पाएको सुनेको थिइन । आज आफ्नै हातमा आउँदा खुसीले नतमस्तक भएको छु ।’

खाने तेल, तरकारी, लहरेबाली र बगर खेतीमा कम्तीमा वडालाई आत्मनिर्भर बनाउन सकिन्छकी भन्ने उद्देश्य वडापालिकाले लिएको छ । यतिमात्र होइन कृषकहरुको उत्पादन लागतमा वडाले दिएको अनुदानले जग्गा पनि कम बाँझो रहने वडा पालिकाले जनाएको छ ।

खुल्ला सिमानाका कारण भारतबाट आयत गरिएका तेल जन्य बस्तुको प्रयोगले वडाबासीलाई हुन सक्ने रोगव्याधको खतरलाई वडाको यो कार्यक्रमले नियन्त्रण गर्ने प्रयास गरेको छ । अर्का किसान सुरेस कुमार बुढाथोकीले भने,‘वडामा मात्र होइन । झापाका सबै पालिकाले यो कार्यक्रम ल्याउन आवश्यक छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here