चीनको एक विद्यालयमा आक्रमण, ६ जनाको मृत्यु

0
39

एजेन्सी । 

दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक ‘किन्डरगार्टेन’ विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् ।

मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् । उनले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार , पीडितको पहिचान र उमेरबारे विस्तृत जानकारी आउन बाँकी छ ।

“घटनामा सम्लग्न रहेको आरोपमा शङ्कास्पद एक जनालाई पक्राउ गरिएको छ,” उनले भने । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ ।”

चाइना न्यूज नेटवर्कका अनुसार स्थानीय समयअनुसार ७ः४० बजे उक्त घटना भएको हो । अपराधस्थल देखाउने दाबी गर्दै पैदल यात्रीहरूले खिचेको र पोष्ट भएका भिडियोहरू चीनमा प्रसिद्ध सामाजिक सञ्जाल वेइबोबाट हटाइएको छ ।

बन्दुकलाई कडाइका साथ नियन्त्रण गरिए पनि चीनले धारिलो हतियार प्रहार गरी हुने घटनालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहनुपरेको छ । चीनमा हालैका दशकहरूमा अर्थतन्त्रमा वृद्धि भएको छ र धनी र गरीब बीचको खाडल तीव्र रूपमा फराकिलो भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here