झापा र सुनसरीमा ठूलो वर्षा, बाढीको जोखिम

0
35

काठमाण्डाै,

झापा र सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । गएरातिदेखि नै ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेकोले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम छ । महाशाखाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

झापा र सुनसरीसहित कोशी प्रदेशका सबैजसो ठाउँमा गएरातिदेखि नै वर्षा भइरहेको छ । आज पनि यो प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here