विपद् प्रतिकारका लागि राष्ट्रिय युवा संघ नेपाल ‘हाई अलर्ट’ मा रहन्छ — अध्यक्ष लामा

0
80

झिलझिले ।

नेकपा एमाले निकट युवाहरुको सगठन राष्ट्रिय युवा संघ नेपालले झापाका मातहत कमिटीलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ ।

मनसुन सक्रिय भएर लगातार बर्षा सुरु भएसँगै जिल्लाको अधिकाँस भु—भागमा जलसतह बढ्ने भएकाले संभावित जोखिम नियन्त्रणका लागि हाई अलर्टमा रहन झापा कमिटीलले निर्देशन दिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल झापाका अध्यक्ष समेत रहेका चार महिने अभियानका संयोजक फुर्वा लामाले मातहतका कमिटीलाई पत्र पठाउँदै भनेका छन्, ‘झापाका मेची, निन्दा विरिङ, कनकाई, कमल, रतुवा र साना नदीमा पानीको वहाव उच्च भई भु—क्षय, बाढी, पहिरो र डुवानले जन धनको क्षति समेत हुन सक्ने भएकाले सम्भावित विपदको न्युनिकरणका लागि प्रतिकार्य, व्यवस्थापन र पुन स्थापनाका लागि तयारी भएर बस्न मातहतका कमिटीलाई अनुरोध गरेका र्छौ ।’

आफ्नो पालिका भित्र पर्ने साना तथा ठुला नदी, खोला, ताल र खहरेहरुको निरन्तर अनुगमन र निरीक्षण गर्न मातहतका कमिटीलाई निर्देशन दिईएको अध्यक्ष लामाले बताए ।

बाढी पहिरो प्रभावित क्षेत्रमा संभावित धन जनको क्षती हुनसक्ने भएकाले स्थानिय पालिका वा जिल्ला प्रसाशन कार्यालयमा जानकारी गराउन पनि जिल्ला कमिटीले मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

जोमिख प्रभावित घर तथा बस्तीहरुलाई सुरक्षीत स्थानमा स्थानान्तरणका लागि अग्रस्थानमा रहेर सहयोग गर्न, तत्काल विपत्त व्यवस्थापन समुह, संयसेवक समुह गठन गरि स्थानिय पालिका तथा सामाजिक संघ सस्थ संग समन्वय गरि जोखीम प्रभावित क्षेत्रमा निस्वार्थ परिचालन हुन पनि कमिटीले अनुरोध गरेको छ ।

‘स्थानिय सरकार अन्तर्गतको विपत्त व्यवस्थापन तथा संचालन कार्यविधि अनुसार कार्य भएको नभएको निक्यौल गरि निरन्तर खवरदारी गर्ने जस्ता कार्य गर्नहुनका लागि निर्देशन गरिएको छ,’ पत्रमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here