युएनएचसीआर नेपालको टोलीद्वारा नगर अस्पतालको निरीक्षण

0
52

पथरीशनिश्चरे,

युएनएचसीआर नेपालको टोलीद्वारा पथरीशनिश्चरे नगरपालिकाको कार्यालय र पथरी नगर अस्पतालको निरीक्षण गरेको छ।

बुधबार युएनएचसीआर नेपालको प्रोटेक्सन अफिसर मेनिकले पथरीशनिश्चरे नगरपालिकाको कार्यालय र वडा नं. २ मा रहेको पथरी नगर अस्पतालको निरीक्षण गर्नुभएको हो ।

उक्त अवसरमा नगर प्रमुख मोहनप्रसाद तुम्पापो, उप–प्रमुख देविमाया काफ्ले र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलसँग नगरपालिकाको सेवाहरुका विषयमा जानकारी लिनुभएको थियो ।

यसैगरी , सोहि टोलीले नगर अस्पतालमा पनि अवलोकन भ्रमणपछि अस्पतालबाट शरणार्थी शिविरका जनताहरुले हाल पाईरहेको सेवा सुविधाहरुको विषयमा आवश्यक जानकारी लिनुभएको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here