श्रावणी पर्वको अवसरमा हजारौं भक्तजनहरुद्वारा जलार्पण

0
82

अर्जुनधारा ।

श्रावणी पर्वको अवसरमा साउन महिनाको पहिलो सोमबार पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा हजारौं भक्तजनहरुले भगवान शिवमा जलार्पण गरेका छन् ।

विहान ४ बजेदेखि उपस्थित भएका भक्तजनहरुले पूजाअर्चनासहित भगवान शिवमा जलार्पण गरेको धामका मूलअर्चक अग्निप्रसाद सिग्देलले जानकारी दिए ।

श्रावणी पर्वमा भगवान शिवको उपासना गर्दा सम्पूर्ण मनकामना पूर्ण हुने तथा यस वर्ष हरि र महादेवको संयोग परेको हुँदा हरिहरको मास अर्थात् पुरुषोतम महिना पनि परेका कारण भक्तजनहरुको सहभागितामा वृद्धि भएको मूलअर्चक सिग्देलले दावी गरे ।

जलार्पण कार्यक्रमसँगै रुद्राभिषेक, भक्तजनहरुको लागि परिक्रमा मार्गको व्यवस्थापन, सुरक्षाको व्यवस्थापन, पार्किङको व्यवस्थापन, विभिन्न संघ–संस्थासँगको सहकार्यमा पानी, सर्वत, सातु, प्रसाद आदिको व्यवस्थापन गरिएको थियो ।

त्यसैगरी साउन २ गतेदेखि एक महिनासम्म दैनिक ११ बजेदेखि १ बजेसम्म पुरुषोत्तम महात्मे कथाको प्रवचन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here