स्वस्तिकामा सि.सं.४९ एनसीसी तालिमको प्रथम प्रवचन सम्पन्न

0
91

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयमा सञ्चालित सि.सं.४९ राष्ट्रिय सेवा दल(एनसीसी) जुनीयर डिभिजन संस्थागत तालिमको प्रथम प्रवचन सोमबार सम्पन्न भएको छ ।

विद्यालयकी संस्थापक ईश्वरा श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अरिदमन गण चारआलीका सेनानी गणेश खत्रीले प्रवचन दिएका थिए ।

प्रवचनको क्रममा प्रमुख अतिथि सेनानी खत्रीले एनसीसीको परिचय, जिम्मेवारी, लक्ष्य र तालिम सञ्चालनको प्रक्रियाहरु बारे तालिमका लागि छनौट भएका क्याडेट र उनीहरुका अभिभावकहरुलाई जानकारी गराएका थिए ।

तालिमबाट नेतृत्व क्षमताको विकास, अनुशासित, राष्ट्रिय एकताको भावनाको विकास, वफादारिता, इमानदारिता र स्वयंसेवक दस्ताका रुपमा आफूलाई विकास गर्ने हुँदा तालिम विद्यार्थीहरुको लागि आवश्यक रहेको बताइएको छ ।

शिक्षक सुजन त्रिखत्रीले स्वागत गरेको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एवम् पत्रकार अमित खम्बूले मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रप्रसाद सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here