नेम्वाङ समुदायको वंशावली बिमोचन

0
57

बिर्तामोड ।

याक्थुङ पेभाक्कूम याङदेम्बा नेम्वाङ समुदायको वंशावली पुस्तक बिमोचन तथा थेवा–बृत्तचित्र सार्वजनिक भएको छ ।

याक्थुङ पेभाक्कूम याङ्देम्बा नेम्वाङ वंशावलीले शनिवार झापाको बिर्तामोडमा वंशावली पुस्तक बिमोचन तथा थेवा–बृत्तचित्र सार्वजनिक गरेको हो ।

याक्थुङ पेभाक्कूम याङ्देम्बा नेम्वाङ वंशावलीका अध्यक्ष तोलकुमार नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य तथा कला प्रतिष्ठानका पूर्व कुलपति एवम् बरिष्ठ साहित्यकार तीलबिक्रम नेम्वाङ ‘बैरागी काइला’ ले वंशावली पुस्तक बिमोचन तथा थेवा–बृत्तचित्र सार्वजनिक गरेका हुन् ।

देश तथा बिदेशमा छरिएर रहेका लिम्बू जाती (नेम्वाङ समुदाय) लाई एउटै धागोमा उन्ने र आफ्नो इतिहासको खोज अनुसन्धान गरी एक अर्काप्रति पहिचान गराउने उद्देश्यले वंशावली प्रकाशन गरिएको बताइएको छ ।

स्वागत याक्थुङ पेभाक्कूम याङ्देम्बा नेम्वाङ समुदायको वंशावलीका सह–संयोजक चन्द्रबीर नेम्वाङले गरेको कार्यक्रमको सञ्चालन सचिव दिलकुमार नेम्वाङले गरेका थिए ।

कार्यक्रममा भारतको सिक्किम राज्यका सांसद पहलमान नेम्वाङ, संघीय सांसद उर्मिला नेम्वाङ थेवे, संबिधानसभा सदस्य विश्वदीप लिङ्देन, राजनीतिज्ञ तथा लेखक साहित्यकार बीर नेम्वाङ, पूर्व न्याय कानुन संसदीय मन्त्री नरेन्द्रबिक्रम नेम्वाङ, बिभिन्न नेम्वाङ समुदायका संघ/संगठन र राजनीतिक प्रमुख तथा प्रतिनिधि, साहित्यकार, लेखक, कलाकार, डाक्टर, स्थानीय तहका जनप्रतिनिधि लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here