मोरङको बेलबारीमा दुर्घटना: सफारी चालक थापाको मृत्यु

0
52

बेलबारी,

मोरङको बेलबारीमा दुर्घटना हुँदा शुक्रबार साँझ एक जना सिटी सफारी चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–३ मा ट्रकको ठक्करबाट सिटी सफारी चालक सुन्दरहरैँचा–११ का अन्दाजी ५० वर्षीय धर्मराज थापाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६७१० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको सुन्दरहरैँचा नगरपालिका ११४३ नम्बरको सीटी सफारीलाई ठक्कर दिँदा दुर्घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जनाएका हुन् ।

शुक्रबार साँझ ६ः४५ बजेतिर दुर्घटना हुँदा गम्भीर घाइते भएका थापालाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याइएको थियो । अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले साँझ ७ः५० बजे मृत घोषित गरेको दाहालले बताए ।

दुर्घटनामा सफारीको पछाडि सवार सुन्दरहरैँचा–११ का अन्दाजी ४० वर्षीय कर्णवीर तामाङ घाइते भएका छन् । सामान्य अवस्थाका उनको बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र चालक मोरङको उर्लाबारी नगरपालिका–४ का ४६ वर्षीय सोमबहादुर घलानलाई दुर्घटनालगत्तै प्रहरीले पक्राउ गरेको छ । सफारीको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सफारी चालकसँग सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स) पनि नभएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here