इन्ट्रयाक्ट क्लव अफ देवभूमिको पद हस्तान्तरण

0
72

बिर्तामोड ।

झापाको बिर्तामोडमा इन्ट्रयाक्ट क्लव अफ देवभूमिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका चार्टर प्रसिडेन्ट सन्तोष अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष नवीन उप्रेती (सिद्धार्थ), देवभूमिका संस्थापक एवम् रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका निर्वमान अध्यक्ष सुमन शर्मा जमरकट्टेल, इनर व्हील क्लबकी अध्यक्ष मोनिका अग्रवाल, इन्टरेक्ट क्लबका प्रमुख कृष अग्रवाल, रोटरी क्लब चन्द्रप्रकाश बाँस्कोटा, इन्ट्रयाक्ट क्लव अफ प्रज्ञान एकाडेमी भद्रपुरका अर्नव पाण्डे, इन्ट्रयाक्ट क्लव अफ देवभूमिका निर्वतमान अध्यक्ष पुजन भट्ट लगायताको आतिथ्य रहेको थियो ।

इन्ट्रयाक्ट क्लव अफ देवभूमिको सातौं पदहस्तान्रण सम्पन्न भएको हो । १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई इन्ट्रयाक्ट क्लवमा आवद्ध गराउँदै उनीहरुको ब्यक्तित्व र नेतृत्व क्षमता विकासका लागि काम गर्ने गरिएको बताइएको छ । सामाजिक उत्तर दायित्व अन्र्तग समाज सेवाका क्षेत्रका काम गर्न प्रोत्सहान गर्ने उद्धेश्यले यो उमेर समूहका बालबालिकालाई प्रेरित गरिने गरेको बताइएको छ ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनद्वारा सञ्चालित इन्ट्रयाक्ट क्लव अफदेवभूमिले सामाजिक क्षेत्रका काम गर्न प्रेरित गर्ने काम गरिरहेको निर्वतमान अध्यक्ष कट्टेलले जानकारी दिए । बालबालिका लाई असल र सफल बसरी बन्न सकिन्छ भन्ने विभिन्न ज्ञानहरु प्रदान गर्ने गरिएको जनाइएको छ ।

इन्ट्रयाक्ट क्लव अफ देवभूमिको सन् २०२३–२४ की अध्यक्ष बिनिता आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा इन्ट्रयाक्ट क्लव अफ देवभूमिका विद्यार्थी, पूर्व विद्यार्थी तथा अभिभावकको समेत सहभागिता रहेको थियो । इन्ट्रयाक्ट क्लव अफ देवभूमिकी सचिव रिया खतिवडाले सञ्चालन गरेको कार्यक्रममा अतिथीहरुले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा निर्वतमान अध्यक्ष पुजन भट्टले आफ्नो कार्यकलामा महत्वपूर्ण सहयोग गरेको भन्दै अध्यक्ष विनिता आर्चायलाई प्रशंसा पत्रद्वारा सम्मान गरेको इन्ट्रयाक्ट क्लव अफ देवभूमिकी चार्टर प्रसिडेण्ट बबिता आर्चायले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here