निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

0
100

सुनिता राई,
इलाम ।

निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय इलाममा घेराउ गरेका छन् ।

निर्माण व्यवसायीहरूले बिहान १० देखि एक घण्टा सम्म बजेसम्म प्रशासन घेराउ गरेका हुन् ।

प्रदर्शनमा व्यवसायीहरुले बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर्नुपर्ने, विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएको निर्माण व्यवसायी संघका कोषाध्यक्ष सन्तोश भक्तराजले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here