लेटाङबाट गोरुको मासुसहित तीन पक्राउ

0
104

पथरीशनिश्चरे,

मोरङको लेटाङबाट गोरुको मासुसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार राति प्रहरीले लेटाङ नगरपालिका–६ कुशेचौरीका ६१ वर्षीय रामकुमार तामाङ, ४० वर्षीय धनकुमार तामाङ र लेटाङ–४ का ३९ वर्षीय नीरबहादुर दमाईलाई पक्राउ गरेको हो ।

गोरु काटेर मासु भागबन्डा गर्दै गरेको सूचना प्राप्त भएपछि प्रहरी टोली राति ११ः५० बजेतिर रामकुमारको घरमा पुगेको थियो । गोरु रामकुमारकै घरमा काटिएको प्रहरीले अनुसन्धानका क्रममा खुलेको जनाएको छ ।

मासु झोलामा ‘प्याक’ गर्दै गरेको अवस्थामा पक्राउ गरेर तीनै जनामाथि थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको छ । पक्राउ परेकाको साथबाट झण्डै ३५ किलोग्राम मासु समेत प्रहरीले बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here