रोटरी क्लव अफ बिर्तामोड मिडटाउनद्वारा किशोरीलाई ह्वील चेयर

0
50

बिर्तामोड ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले सुस्त मनस्थितिकी एक किशोरीलाई ह्वील चेयर प्रदान गरेको छ ।

झापाको कन्काइ नगरपालिका–२ स्थित सुस्त मनस्थिति सरोकार समाज नेपालमा बस्दै आएकी किशोरीलाई हिडडुलमा सहजता होस् भन्ने उद्धेश्यले ह्वील चेयर प्रदान गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष नवीन उप्रेती (सिद्धार्थ)ले जानकारी दिए ।

अपाङगता भएर कष्टकर जीवन बिताइरहेकी १६ वर्षीया किशोरी सीता ओलीलाई हिड्डुलमा सहजता होस् भन्ने उद्धेश्यले सुस्त मनस्थिति सरोकार समाज नेपालको आश्रममा नै पुगेर सहयोग गरेको जनाइएको छ ।

ह्वील चेयर पाएसंगै किशोरीको मुहारमा खुशी छाएको थियो । सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष शान्ता पोख्रेलले किशोरीलाई सहयोग गरेको भन्दै धन्यवाद दिइन् । उनले अब किशोरीलाई हिड्डुल गर्न सहज हुने विश्वास ब्यक्त गरिन् ।

ह्वील चेयर वितरण कार्यक्रममा संस्थाका नवराज पौडेलसहित रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष नवीन उप्रेती (सिद्धार्थ), क्लब सर्भीस डाइरेक्टर जीपी पाण्डे, टी आर एफ चेयर चन्द्र बास्कोटा, क्लब एडमिन चेयर रोशन बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।

ह्वील चेयर नहुँदा किशोरीको हिड्डुल गर्दा घुँडामा चोट लागेको थियो । ह्वील चेयर पाएसंगै उनको मुहारमा खुशी छाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here