आगलागी पिडितलाई रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको सहयोग

0
58

बिर्तामोड ।

विभिन्न सामाजिक कार्यमा सक्रिय रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले आगलागी पिडितलाई राहत प्रदान गरेको छ । झापाको कनकाई नगरपालिका–५ चम्प्रमारीका रवीलाल बयालकोटीको घरमा आगलागी भएसंगै उनको घरमा पुगेर अति आवश्यक पर्ने सामग्री प्रदान गरेको हो।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष नवीन उप्रेती (सिद्धार्थ)ले आगलागी पिडित बयालकोटीलाई खाद्यन्नसहित जस्तापाता,आवश्यक भाँडावर्तन प्रदान गरेको जानकारी दिए । गत जेठ ३१ गते उनको घरमा अचानक आगलागी हुँदा घर जलेर पुर्ण रुपमा नष्ट भएको थियो ।

आगलागीबाट लाखौं रुपैंयाको क्षति भएको जनाइएको छ । ६ जनाको परिवार बस्दै आएको घरमा मानविय क्षति नभए पनि पाँच वटा बाख्रा भने जलेर मरेको बयालकोटीले बताए । उनले भने– ‘राती १ बजे आगोलागेको थाहा पाँए परिवार त जोगाँए तर, बाख्रा बचाउन सकिन आगोले एकै छिनमा घर टिप्यो । सबै जलेर खरानी भयो ।’ आफुलाई समेत आगोको लप्काले भेटेकाले करिब एक महिनासम्म बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारका लागि धाउनु परेको बताए ।

आगलागी भएको थाहा पाए लगत्तै रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको टोली राहत सामग्री लिएर पुगेको थियो । अध्यक्ष उप्रेतीसहित निर्वतमान अध्यक्ष सुमन शर्मा जमरकट्टेल, चार्टर प्रेसीडेण्ट सन्तोष अग्रवाल, रोट्रयाक्ट क्लव अफ बिर्तामोड मिडटाउनका अध्यक्ष्य जितेश अग्रवाल, इक्यान झापाका अतिरिक्त विभाग प्रमुख अनिल सापकोटा लगायतको सहभागिता रहेको थियो । सामाजिक अभियन्ता एवम् रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका कम्युनिटी सर्विस डाइरेक्टर शेरबहादुर थापाको विशेष सहयोगमा आगलागी पिडितलाई सहयोग गरिएको हो ।

आगलागीबाट ३० मन धानसहित काठ पात जल्दा करिब १५ लाखबढीको क्षति भएको बयाकोटीले जानकारी दिए । उनले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले आफ्नो पिडामा मलमपट्टी गरेको भन्दै धन्यवाद दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here