अधिवक्ता पाण्डे र प्रहरीलाई कारबाहीको माग

0
42

तिलक योञ्जन,
झापा।

झापाका तामाङ र मगर समुदायले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोजेको भन्दै अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग्दै गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएका छन् ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत उनीहरुले गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् । सोमबार जिल्ला प्रशासन कार्यालय चन्द्रगढी पुगेका तामाङ र मगर समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी पोख्रेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका सचिव मानबहादुर तामाङले वाचन गरेको ज्ञापनपत्र नेपाल तामाङ घेदुङ जिल्ला समन्यव समितिका अध्यक्ष जगत तामाङ र नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगरले हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनका क्रममा कानून विपरीत पक्राउ गरी हिरासतमा लिएर चरमयातना दिने प्रहरी र अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

पक्राउ पुर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा गत साउन १७ गते टेकू प्रहरी परिसर काठमाडौंमा आयोजित धर्नामा प्रहरीले अनावश्यक बल प्रयोग गरी तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको बताइएको छ ।

ज्ञापन–पत्र बुझाए पश्चात कोणसभाको आयोजना गरिएको थियो । चन्द्रगढीमा भएको कोणसभालाई नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य पदमबहादुर तामाङ (देवराज), प्रदेश मुख्यसचिव तिलक पाख्रिन तामाङ, प्रदेश सदस्य जसकुमार तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष जगत तामाङ,नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगर, नेपाल तामाङ घेदुङ जिल्ला उपाध्यक्ष जसमाया तामाङ, नेपाल तामाङ बिद्यार्थी घेदुङका संघीय सचिव हैकम राज घिसिङ र पालिका अध्यक्षहरुको तर्फबाट नेपाल तामाङ घेदुङ भद्रपुर नगर अध्यक्ष वसन्त तामाङलगायतले बोलेका थिए ।

आन्दोलनरत पक्षले सोमबार झापासहित राजधानी काठमाडौं र ७७ वटै जिल्लामा बिरोध प्रर्दशन प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here