मजदुरको हितमा जोड

0
35

बिर्तामोड ।

अखिल नेपाल यातायात मजदुर निजी बिद्यालय चालक संघ झापाले हकअधिकार स्थापित गर्न अन्तरक्रिया गरेको छ ।

संघले यसअघि निजी बिद्यालयका चालक र सह–चालकका बिषयमा भएका सम्झौता कार्यान्वयन गर्न पहल तथा थप सेवासुबिधा सुरक्षित गर्न शनिवार बिर्तामोडमा अन्तरक्रिया गरेको हो ।

संघका झापा अध्यक्ष पदमलाल तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले राजनीतिक आस्था जुनसुकै पार्टीमा भए पनि मजदुरका पेशागत हकअधिकारका लागि टे«ड युनियन महासंघले साथ र सहयोग गर्ने बताए ।

‘आन्दोलन गर्ने कसैको रहर हुँदैन’ महासंघ उपाध्यक्ष सापकोटाले भने– ‘माग्दा आफ्नो हकअधिकार पाइँदैन भने त्यसका लागि आन्दोलन गर्नुपर्छ ।’ उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो व्यापार भएको बताउँदै कर्मचारीलाई सेवासुविधा नदिए आफ्ना हकअधिकार सुरक्षित गर्नका लागि सवै एकताबद्ध हुनुपर्ने बताए । सापकोटाले सामाजिक सुरक्षा ऐनले गरेको व्यवस्थामा सवैलाई जोडिन आग्रह गरेका छन् ।

महासंघ उपाध्यक्ष सापकोटाले यदि कसैले आफ्नो हकअधिकारका लागि संगठन र आन्दोलन गर्दा जागिरबाट निष्काशन गरे त्यसको प्रतिकार टे«ड युनियन महासंघले गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय उपमहासचिब तथा कार्यक्रमकी बिशिष्ठ अतिथि सीता सापकोटाले निजी बिद्यालयका चालक र सह–चालकलाई बिद्यालयले समयअनुकूल सेवासुबिधा दिन सक्दैन भने बिद्यालय बन्द गर्नुपर्ने बताइन् ।

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपसचिव हरि निरौला, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य जानकीप्रसाद भट्टराईलगायतले आ–आफ्नो भनाइ राखेका थिए । संघका अध्यक्ष पदमलाल तामाङले चालक र सहचालकलाई संगठित हुन पत्र नै दिएकाले सवैले संगठित भएर आफ्ना हकअधिकार सुरक्षित गर्न सवैलाई आग्रह गरे ।

स्वागत संघका कोषाध्यक्ष सूर्य लिम्बूले गरेको कार्यक्रमको सञ्चालन सचिव इन्द्र योङहाङले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा निजी बिद्यालयका चालकहरुले आ–आफ्नो समस्या समेत प्रस्तुत गरेका थिए भने जिल्लाभरका चालक र सहचालकको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here