दमक रोटरी पत्रकारिता पुरस्कार सुब्बालाई

0
52

दमक ।

दमकका युवा पत्रकार बिष्णु सुब्बा उषा चापागाँई फाउण्डेशन रोटरी दमक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

रोटरी क्लव अफ दमकले वितरण गरिआएको सो पुरस्कारबाट यसवर्ष पत्रकार सुब्बालाई नगद सात हजार, प्रमाण–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

रोटरी दमकले आफनो १२औ पदस्थापना कार्यक्रमकाबीच पत्रकार सुब्बालाई रोटरी पूर्वडिष्ट्रिक गर्भनर बाशुदेव गोल्यान, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई तथा दाता परिवारका तर्फबाट उषा चापागाँई फाउण्डेशनका संरक्षक दिपु चापागाँई (सन्दीप) लगायतले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील सुब्बा प्रदेशवाणी अनलाइन न्यूजपोर्टलका सम्पादक हुन् । त्यस्तै, उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका सदस्य लगायतका विभिन्न पत्रकारजन्य संघसंगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरिआएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here