मीना डेरीमा आगलागी

0
35

पाँचथर ।

फिदिम नगरपालिका ३ नम्बर वडाको लालीखर्कस्थित मीना दूध डेरीमा आगलागी भएको छ ।

स्थानीय टीका राईले सञ्चालन गरेको मीना दूध डेरीमा आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

काठ र टिनको बेराले बनेको एक तले घरको डेरीभित्र रहेको १० कुइन्टल छुर्पी, घ्यू, दूध जाँच्ने सेनेलाइजर मेसिन एक थान, डि–फ्रिज एक थान, ४० लिटर क्रिम, डेरी मेसिन एक थान, तौल मेसिन एक थान पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।

स्थानीयको पहलमा आगलागी नियन्त्रणमा आएको र उक्त घटनामा मानवीय तथा चौपायमा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here