सतासी साप्ताहिकको १३ औं वार्षिकोत्सव

0
31

झापा ।

झापाको झिलझिलेबाट प्रकाशनमा आएको सतासी साप्ताहिक पत्रिकाले १३औं वार्षिकोत्सब सम्पन्न गरेको छ ।

शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको विशेष आतिथ्यमा पत्रिकाले वार्षिक उत्सव मनाएको हो । बार्षिकोत्सवका अवसरमा पत्रकार गोविन ल्वागुनलाई नगद १० हजार ५ रुपैयाँसहित सम्मान गरिएको थियो ।

शिवसताक्षी नगरपालिकामा रहेर लामो समयदेखि पत्रकारिता पेशामा क्रियाशील रहेको भन्दै ल्वागुनलाई सम्मान गरिएको हो । समाजवादी प्रेस संगठन झापाका उपसचिव समेत रहेका उनी सतासी प्रेस क्लवका उपाध्यक्ष समेत हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि थोप्रा र पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले नगदसहित सम्मान गरेका थिए ।

पत्रिकाका अध्यक्ष योगेन लावतीको अध्यक्षतामा भएको कार्यक्रममा सम्पादक सेलिङ केसीले स्वागत गरेका थिए । सम्मानित पत्रकारका विषयमा पत्रिकाका सहसम्पादक छविलाल दवाडीले परिचय गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि थोप्रासहित नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष गिरी, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य सुरेन्द्र भण्डारी, महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, सम्मानित व्यक्तित्व ल्वागुन, साहित्यकार कृष्ण वराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पवन ताम्लीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here