विद्यालयको आर्थिक वृद्धि गर्न कफि रोपियो

0
64

इलाम ।

इलामको रोङ गाउँपालिका–१ ले विद्यालयको आर्थिक वृद्धिका लागि विभिन्न पहल शुरु गरेको छ ।

विद्यालयको आर्थिक स्रोत बलियो बनाउन सकिएमा शैक्षिक तथा भौतिक विकासमा टेवा पुग्ने निकर्षका साथ आर्थिक उपार्जनको क्षेत्रमा काम शुरु गरेको रोङ– १ का वडाध्यक्ष मनोहरि खड्काले जानकारी दिए ।

वडा कार्यालयको पहलमा ज्योति आधारभूत विद्यालयमा कफिको विरुवा रोपिएको छ । विद्यालयको खाली जमिनमा वडाकार्यालयका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक लगायतको सहभागितामा साढे एक रोपनी क्षेत्रफल जग्गामा कफिका विरुवा रोपिएको वडाध्यक्ष खड्काले बताए । एक सय ७० भन्दा धेरै कफिका विरुवा रोपिएको जनाइएको छ ।

स्थानीय मानबीर राईले विद्यालयलाई प्रदान गरेको जग्गामा कफिका विरुवा रोपिएको हो । विद्यालयको आर्थिक वृद्धिमा टेवा पु¥याउने उद्धेश्यका साथ वडाध्यक्ष खड्का र जग्गादाता राईले संयुक्त रुपमा कफिको विरुवा रोपेर शुरु गरिएको अभियानमा सबैको उत्साहजनक सहभागिता रहेको थियो ।

रोङ–१ मा रहेका विद्यालयहरुको जग्गा खाली रहेको स्थानमा माटो सुहाउँदो बोट विरुवा रोपिने बताइएको छ । यसैबीच रोङ–१ को वडा कार्यालयले शिक्षलाई ब्यवस्थित र एकरुपता दिने उद्धेश्यले प्रश्नप्रत्र निर्माणदेखि मूल्याङ्कनको काम समेत आफैं गर्ने भएको वडाध्यक्ष खड्काले जानकारी दिए । वडा कार्यालयले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जनााइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here