कमल गाउँपालिकामा पनि ‘कार्यवहाक’को विवाद,अध्यक्षबिरुद्ध उपाध्यक्ष अदालत जाने

0
35

उमानाथ भण्डारी,
कमल ।

झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिएका छन् ।

वडाध्यक्षलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएर राई जापान भ्रमणमा निस्केका हुन् । राईले विदेश भ्रमणको अघिल्लो दिन कमल–२का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् । कांग्रेसबाट निर्वाचित अध्यक्ष राईले नेकपा समाजवादीबाट निर्वाचित सुब्बालाई अख्तियारी दिएका हुन् भने उपाध्यक्ष प्रमिला न्यौपानेले नेकपा एमालेबाट निर्वाचित हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १६को उपदफा (४) खण्ड (क) मा तोकिएको छ– अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार सूचीको सूची नम्वर १२मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपध्याक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने कानूनी व्यवस्था रहेकोमा त्यसलाई उल्लंघन गर्दै कार्यवाहकको वडाध्यक्षलाई दिएपछि समस्या श्रृजना भएको हो ।

अध्यक्ष नहुँदा उपाध्यक्षलाई कार्यबाहक जिम्मेवारी दिने व्यवस्था छ । भएकोले कार्यवाहकको जिम्मेवारी स्वतः आफ्नो अधिकार भएको उपाध्यक्ष न्यौपानेले बताइन् । वडाध्यक्षलाई कार्यबाहक दिने अध्यक्षको कदमबिरुद्ध आफू अदालत जाने र नियम विपरीत वडाध्यक्षलाई कार्यबाहक दिएकोमा अध्यक्ष राईको कदमबिरुद्ध आजै वा भोलिसम्म रिट दायर गरेर स्टे अर्डर लिएर आउने समेत उपाध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

यसैबीच पछिल्लो समय स्थानीय तहका प्रमुख सात दिन भन्दा लामो समय नगरपालिका वा गाउँपालिकाबाट बाहिर जाँदा उपप्रमुख वा उपाध्यक्षलाई कार्यवाहक दिनुपर्नेमा नगर प्रमुख वा अध्यक्षले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिन थालेपछि गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघद्वारा संयुक्त रुपमा विज्ञप्ति जारी गरेको छ ।

स्थानी य सरकार सञ्चालन ऐन २०७४ दफा १६ को उपदफा (४) खण्ड (क) मा तोकिएको छ अध्यक्ष वा प्रमुखको काम, कर्तव्य र अधिकार सूचीको सूची नम्वर १२मा ‘सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ भन्ने कानूनी व्यवस्था रहेकोले सोही अनुसार गर्नु÷गराउन भनी गाउँपालिका राष्ट्रिय महासंघ नेपालतर्फ बाट अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नेपाल नगरपालिका संघको तर्फबाट अध्यक्ष भीमप्रसाद ढुंगाना द्वारा संयुक्त रुपमा विज्ञप्ति जारी गरेका छन् ।

यसअघि शिवसताक्षी नगरपालिकामा नगर प्रमुख मेघाहाङ थोप्राले वडा नं. ४का वडाध्यक्ष विष्णुप्रसाद प्रसाईंलाई कार्यवहाक दिएका थिए । तर, चर्को विवादपछि उनले कार्यवाहक उपाध्यक्षलाई दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here