जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

0
43

झापा ।

झापामा जबरजस्ती करणीको अरोपमा एक ब्यक्ति पक्राउ परेका छन् ।

२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here