बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष पौडेलद्वारा ५० हजार रुपैयाँको अक्षयकोष घोषणा

0
13

बिर्तामोड । बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेलले ५० हजार रुपैयाँको अक्षयकोष घोषणा गरेका छन् ।

पौडेलले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटाएर बालबालिकाको क्षेत्रमा सहयोग गर्ने उदेश्यले अक्षयकोषको घोषणा गरेका हुन् । झापाको बिर्तामोडमा सञ्चालित लिंकन मन्टेश्वरी बिद्यालयका सञ्चालक तथा बालबालिकाको क्षेत्रमा समेत काम गरिरहेका पौडेलले आफ्नो जन्मोत्सवको अवसर पारेर अक्षयकोषको घोषणा गरेका हुन् ।

जन्मोत्सवको अवसर पारेर पौडेलले बिर्तामोडस्थित लिंकन मन्टेश्वरीमा एक कार्यक्रमको आयोजना गरी बुधवार (आज) ५० हजार रुपैयाँको अक्षयकोष निर्माण गर्ने घोषणा गरेका छन् । अक्षयकोष घोषणासँगै बिर्तामोड नगरपालिकामा रहेका ७५ वटा बाल क्लब मध्ये प्रत्येक बर्ष उत्कृष्ट एउटा बाल क्लबलाई नगद ११ हजार रुपैयाँसहित पुरस्कृत गर्ने बताएका छन् । उक्त अक्षयकोषबाट प्राप्त ब्याजमा अपुग भए थप गरेर प्रत्येक बर्ष नगरको उत्कृष्ट बाल क्लबलाई नगद ११ हजार रुपैयाँसहित पुरस्कृत गरिने पौडेले जानकारी दिएका हुन् । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेल, न्युटन्स एजुकेशन एकाडेमीका प्रिन्सिपल देबेन्द्र हुमागाई, मनकामना बिद्यालयका प्रधानाध्यापक केशव ढुङ्गाना, शिक्षा सहकारी अध्यक्ष सुव्रत न्यौपाने उपस्थित पत्रकार लगायतले पौडेलको उदाहरणीय कार्यको प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here