प्याब्सन झापाले मनायो राष्ट्रिय बाल दिवस

0
21

झापा ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापाले विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय बाल दिवस मनाएको छ ।

जिल्ला स्तरीय अत्तिरित्त क्रियाकलाप अन्तरगत ५९ औं बाल दिवसको अवसरमा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ एक दिवसीय जिल्ला स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षता तथा शिवसताक्षी नगरपालिका प्रमुख रोशन थोप्राको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा झापाबाट उत्कृट ४४ विद्यालयले सहभागिता जनाएका थिए ।

अतिरिक्त क्रियाकलाप कार्यक्रममा प्याब्सन झापा अन्तरगत १४ वटा पालिकामा प्रथम भएका मावि तहका छात्र ÷छात्रा अंगेजी माध्यमको आकस्मिक वक्तृत्वकला, आधारभूत तह हाजिर जवाफ प्रतियोगिता भएको थियो भने भाद्र २३ गते सवै पालिका स्तरमा संचालन भएका आधारभूत तथा मावि तह जिल्ला स्तरीय चित्रकला, आधारभूत तथा मावि तहको अंग्रेजी तथा नेपाली निबन्धको प्रत्येक विधाका ३५ उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको थियो ।

प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्रवहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चानलन सचिव हरिकृष्ण पाठकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here