पथरी शनिश्चरे,
पथरी शनिश्चरे नगरपालिकाका विभिन्न वडाहरुमा गाई/भैसीहरुमा लम्पी स्किन रोगको रोकथामका लागि निःशुल्क खोप लगाईएको छ ।
महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगको रोकथाम गर्ने उद्देश्यले निःशुल्क खोप कार्यक्रम संचालन गरिएको हो ।
नगरपालिका क्षेत्रमा पालिएका घर पालुवा जनावरलाई तथा पशुचौपायालाई गत भदौ २५ गतेदेखि खोप लगाउन सुरु गरिएको थियो ।
आइतबार पथरीशनिश्चरे वडा न. ८ मा १२ बजेसम्म खोप लगाइएकोछ ।
पहिलो लटमा ल्याइएको खोप आज सकिने र दोस्रो लटको खोप ल्याएपछि बाँकी अन्य वडामा खोप लगाइने मत्य विकास तथा पशुपंक्षी शाखाका अधिकृत डा. सवल पोख्रेलले जानकारी दिएका छन्।
प्रतिकृया व्यक्त गर्नुहोस् ।