आगलागीबाट कपडा जलेर नष्ट

३१ भाद्र २०८०, आईतवार मा प्रकाशित

काठमाडौँ,

काठमाडौँ महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौँ–२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फुलबारी ईम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज बिहान करिब ३ बजेर तिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले राससलाई जानकारी दिनुभयो ।

आगलागीबाट करिब रु एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here