प्याब्सनको नगरस्तरिय निबन्ध लेखन तथा वकतित्वकला प्रतियोगिता सम्पन्न

0
23

अर्जुनधारा । 

निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन अर्जुनधाराको आयोजनामा आइतबार नगरस्तरिय निबन्ध लेखन(कक्षा ६–८) तथा वकतित्वकला (कक्षा ९–१०) प्रतियोगिता सम्पन्न भएको छ ।

अर्जुनधारा–८स्थित एम्स एकाडेमी विद्यालयमा आयोजित उक्त प्रतियोगिता अन्र्तगत निबन्ध लेखनमा एम्स एकाडेमी(अर्जुनधारा–८) प्रथम, कञ्चनजंगा इङलिस स्कूल (अर्जुनधारा–१) द्धितीय, स्वस्तिका शिशु सदन इङलिस सेकेन्डरी स्कूल(अर्जुनधारा–८) तृतीय तथा न्यू होप इङलिस बोर्डीङ स्कूल(अर्जुनधारा–३) र होलीका इङलिस स्कूल(अर्जुनधारा–११) सान्तवना भएको बताइएको छ ।

त्यसैगरी वकृतित्वकलामा स्वस्तिका शिशु सदन इङलिस सेकेन्डरी स्कूल(अर्जुनधारा–८) प्रथम, रुपरत्न मेमोरियल इङलिस बोर्डीङ स्कूल(अर्जुनधारा–७) द्धितीय, होली बेसील स्कूल(अर्जुनधारा–५) तृतीय तथा एम्स एकाडेमी(अर्जुनधारा–८) र ब्रीलीयन्ट पिपुल्स सेकेन्डरी स्कूल(अर्जुनधारा–६) सान्तवना भएको छ ।

प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्याब्सन झापाका उपाध्यक्ष टीआर गौतम, सल्लाहकार प्रभुकुमार श्रेष्ठ, सदस्य सुमन शर्मा जम्मरकट्टेललगायतले प्रथम, द्धितीय, तृतीय र सान्तवना हुने विद्यालयका विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । कोषाध्यक्ष राजन वाग्लेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

१६ वटा विद्यालयको सहभागिता रहेको निबन्ध लेखनतर्फ “बाल दिवसको महत्व” र ११ वटा विद्यालयको सहभागिता रहेको वकतित्वकलातर्फ “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” शिर्षक तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here