भागिरथ माविमा वृहत् विज्ञान प्रदर्शनी

0
11

पथरी,

‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा भागिरथ माविले वृहत्ब विज्ञान प्रदर्शनी कार्यक्रम गरेको छ ।

साे कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि रहेका वडा नं-४ का वडाध्यक्ष लाेककिरण न्याैपानेले गरेका थिए। पथरी शनिश्चरे वडा नं. ४ मा स्थापित भागिरथ माविले आयोजना गरेको र वडा नं-४ काे समन्वमा भएकाे कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष लोककिरण न्यौपाने रहेका थिए ।

साेही विद्यालयका प्राचार्य जानकी चेम्जोङकाे अध्यक्षतमा सम्पन्न कार्यक्रममा साे विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का बालीविज्ञान समूहका विद्यार्थीहरूले २१ वटा स्टलमा आफ्ना विज्ञान सामग्री प्रस्तुत गरेका थिए। उनीहरूले बनाएका सामाग्रीहरूमा हाइड्रोलिक ब्रिज,हाइड्रोलिक जेसीबी, वाटर रकेट,स्मार्ट सिटी, ग्बाेल वार्मिङ् ,साेलार हिटर ,साेलार कुकर हाइड्रोइलेक्ट्रई सिटी र ग्रासकटर जस्ता स्थानीय सामग्रीबाट तयार पारिएको विद्यालयका सहायक प्राचार्य एवम् विज्ञान शिक्षक शैलेन्द्र बस्नेतले जानकारी दिए।

उक्त प्रर्दशनीमा अवलोकन गर्न छिमेकी विद्यालय बुद्व मावि,दुर्गा आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, सीता आर्दश आधारभूत विद्यालय र जनकल्याण आधारभूत विद्यालयबाट १ सय ५० भन्दा विद्यार्थीहरू उपस्थित भएका विद्यालयकी प्राचार्य जानुकी चेम्जोङले बताइन्।

साेही बृहत् विज्ञान प्रर्दशनी हेर्न अभिभावक ,शिक्षक , बुद्धिजीवीहरूकाे बाक्लै उपस्थिति रहेको थियो। यस किसिमको विज्ञान प्रर्दशनी वडा नं-४ मा पहिलो पटक गरिएको स्थानीय अभिभावककाे भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here