चौलागाईं प्रतिष्ठान अर्जुनधाराको पाँचौं सभा सम्पन्न

0
12

अर्जुनधारा।

चौलागाईं प्रतिष्ठान अर्जुनधारा नगर समितिको पाँचौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मीकुमार चौलागाईंको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि प्रतिष्ठान झापाका अध्यक्ष माधवप्रसाद चौलागाईंले उद्घाटन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष लक्ष्मीकुमार चौलागाईंले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा अर्जुनधारा–१० निवासी ज्येष्ठ नागरिकद्वय धनपति चौलागाईं र मनमाया चौलागाईं तथा गत शैक्षिक वर्ष २०७९मा सम्पन्न भएको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउन सफल विद्यार्थी अर्जुनधारा–८ निवासी निरुसा चौलागाईं(३.२५) रहेका छन् ।

ज्येष्ठ नागरिकद्वयलाई दोसल्ला ओढाई सम्मान पत्रसहित र विद्यार्थीलाई नगद पुरस्कार र प्रशंसा पत्रसहित सम्मानित गरिएको थियो । सोही कार्यक्रममा संगिनीलगायतका गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठान मेचीनगरका अध्यक्ष हरिप्रसाद चौलागाईं, प्रतिष्ठान अर्जुनधाराका सल्लाहकार मधुसुदन चौलागाईं, संस्थापक सदस्य मनोहरि चौलागाईं, पुरस्कृत व्यक्तित्व निरुसा चौलागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिष्ठान लेखा समितिका संयोजक बालकृष्ण चौलागाईंले औचित्य तथा उपाध्यक्ष मोहनप्रसाद चौलागाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव गोपीकृष्ण चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here