सहारा कृषिमा ‘गल्फ सेग्मेन्ट’

0
20

बिर्तामोड ।

सहारा कृषि अनुसन्धान तथा विकास कम्पनी लिमिटेड बिर्तामोड–२ चारपानेले ‘गल्फ सेग्मेन्ट’ शोरुमको उद्घाटन गरेको छ ।

बुुधवार आयोजित कार्यक्रमकाबीच नेपाल ल्यूूव आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले शोरुमको उद्घाटन गरेका हुुन् । कोशी प्रदेशका लागि आधिकारिक डिलरका रुपमा यो शोरुमले काम गर्ने सहारा कृषि अनुुसन्धान तथा विकास कम्पनीका सञ्चालक समिति अध्यक्ष लक्ष्मण पाठकले जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, मेची अटो पार्टका वसन्तराज भण्डारी, एमएस अटोमोवाइल्सका मोहमद वली उल्लाह लगायतले शुुभकामना मन्तव्य राखेका थिए ।

सहारा अटो मोवाइल्सका जेनरल मेनेजर राजकुुमार गौतमले स्वागत गरेको कार्यक्रममा नेपाल ल्यूव आयल लिमिटेडका जेनेरल मेनेजर गंगाराज भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

शोरुमका मेनेजर शुुक्रबहादुुर तामाङले कार्यक्रमको सञ्चालन गरेका थिए । शोरुममा सबै प्रकारका सवारीका लागि आवश्यक पर्ने मोविल उपलब्ध हुुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here